मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नम्बर ८ स्थित जनता माध्यमिक विद्यालयको चौरमा जारी छैठौं बागमती गोल्डकप फुटबल प्रतियोगितामा न्युरोडटिम एनआरटी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

विहिबार क्वाटरफाइनल अन्तरगत भएको पहिलो खेलमा सिमराको नव जनजागृती युवा क्लबलाई १–० गोलले पराजित गर्दै एनआरटी विजयी भएको हो । खेलको पहिलो हाफको ३१ औं मिनेटमा फ्रिकिक मार्फत एनआरटीको तर्फबाट मोहित गुरुङ्गले गरेको गोल निर्णायक बन्यो ।  खेलमा  एनआरटीका तर्फबाटमोहित गुरुङ्ग म्यान अफ द म्याच घोषित भए र र नगद १० हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत शुक्रबार दोस्रो क्वाटरफाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा हुनेछ । विजयी टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

नकआउट चरणमा सुरु भएको प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्टहरुल खेलाडीले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी फाल्गुन १० गते हुनेछ ।