Rato Samachar
Thu, 1 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

गोदावरीका शिवालयमा भक्तजनको भीड

गोदावरी नगरपालिकामा अवस्थित सन्तानेश्वर र सिद्धेश्वर शिवालयमा भक्तजनको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार भएसँगै आज उक्त मन्दिरमा महादेवको दर्शन तथा पूजा र आराधनाका लागि दर्शनार्थीको चहलपहल बढेको हो । वडा नं १३ स्थित सन्तानेश्वर महादेव दर्शनका लागि बिहानैदेखि श्रद्धालुजनको आवतजावत रहेको सन्तानेश्वर मन्दिर संरक्षण तथा सम्बद्र्धन सेवा समितिका अध्यक्ष विनोद खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “ कोरोना महामारी घटेसँगै उपत्यकामा रहेका देशभरका मानिसको उल्लेखनीय उपस्थिति रहेको छ ।” मन्दिरमा पूजाका साथै बत्ती बाल्ने, बोलबम तथा भजनकीर्तन गर्ने र स्थानीय क्षेत्रमा उत्पादन भएका तरकारी तथा फलफूल बिक्री वितरण गर्ने मानिसको बाक्लै घुइँचो रहेको खड्काले जानकारी गराउनुभयो । यसैगरी वडा नं ३ स्थित प्रत्येक १२ वर्षमा कुम्भ अर्थात सिंहास्त मेला लाग्ने सिद्धेश्वर महादेव मन्दिरमा हिन्दू धर्मावलम्बी महिलाको चहलपहल बढिनैरहेको गोदावरी कुण्ड तथा सिद्धेश्वर महादेव मन्दिरका महन्त राधाकृष्ण पुरीले बताउनुभयो । मुलुकमा गतवर्ष कोरोना महामारी सङ्क्रमण बढिरहँदा भक्तजन ठप्प भएको मन्दिरमा यो वर्ष दर्शनार्थी भित्रिँदा निकै उत्साह छाइरहेको पुरीको भनाइ छ । उहाँले भन्नुभयो, “सन्तानेश्वर मन्दिरमा हरेक शनिबार, साउने सोमबार, जनैपूर्णिमाका साथै स्वस्थानी प्रारम्भदेखि अन्त्यसम्म र शिवरात्रीमासमेत ठूलो मेला लाग्ने गर्छ ।” सातदोबाटोबाट पाँच किलोमिटर दक्षिणपूर्वमा रहेको सो महादेव मन्दिरबाट उपत्यकाका तीनै सहरको दृश्यावलोकन गर्न सकिन्छ । सो मन्दिर हाताभित्र १५० रोपनी जमिन रहेकाले दैनिक खर्च व्यवस्थापनका लागि फलफूल तथा औषधिजन्य बिरुवाको उत्पादनमा जोड दिने उद्देश्य बमोजिम आउँदो सोमबार ५४ श्रीखण्डको बिरुवा रोप्ने कार्यक्रम तय गरिएको छ । उहाँले अघिल्ला वर्षमा बेल, रुद्राक्ष, पारिजात, अमला, लगायतका ३५ जातका फूल र फलफूलका बिरुवा रोपेर मन्दिरको वातावरण हराभर गरिएको बताउनुभयो । सो दुई मन्दिरका अलवा वडा नं ४ बडिखेलमा अवस्थित तपेश्वर महादेव मन्दिरमा पनि साउनको पहिलोे सोमबार बिहानैदेखि भक्तजन भित्रिरहेका देखिन्छन् । —रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology