राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली औषधिको उत्पादनमा अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी उत्पादन, बजारीकरण र वितरणलाई सुदृढ पार्नुपर्ने बताउनुभएको छ ।
नेपाल औषधि उत्पादक संघको आयोजनामा भरतपुरमा शुक्रबारबाट शुरु भएको नेपाल फर्मा एक्स्पो २०२२ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अन्य उद्योगहरुको सापेक्षतामा औषधि उद्योगको सामाजिक, बहुआयामिक र संवेदनशील हुने भएकाले यसको उत्पादनमा सम्बद्ध पक्षले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रपतिले भन्नुभयो, “निजी क्षेत्रले ठूलो लगानीसहित औषधि उत्पादनमा आत्मनिर्भर बन्ने सङ्कल्प गरेको सन्दर्भमा औषधि उद्योग फस्टाउने वातावरण तयार गराउन सम्बन्धित निकायले आवश्यक सरक्षण र प्रोत्साहन गर्न ध्यान पुराउनुपर्छ ।”
“औषधि उत्पादनका क्षेत्रमा विश्वभरि निरन्तर नयाँ अनुसन्धान र प्रविधिको विकास भइरहेको हुन्छ । विज्ञान तथा प्रविधिको गतिसगैँ आफूलाई अत्यावधिक राख्न सकेमा मात्रै हाम्रा उद्योगहरुको प्रतिस्पर्धी क्षमता सुदृढ हुनेछ ।”यो समाचार गोरखापत्र बाट साभार गरिएको हो



















प्रतिक्रिया दिनुहोस्