Rato Samachar
Thu, 8 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

ओझेलमा भोजपुरका पर्यटकीय स्थल

  • भोजपुरका पर्यटकीय स्थलहरु पछिल्लो समय ओझेलमा पर्दै गएका छन् । प्रचारप्रसारको अभाव तथा पूर्वाधार निर्माण हुन नसक्दा ती स्थल पर्यटकको रोजाइमा पर्न सकेका छैनन् । तत्कालिन समय डोली पैसा छापिएको टक्सार बजारदेखि शिक्षाको ज्योति छर्ने बालागुरु षडानन्द र क्रान्तियोद्धा योगमायाको भूमि भोजपुर पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । यहाँ ऐतिहासिक पर्यटकीय र धार्मिक गन्तव्य धेरै छन् । तर प्रायः ती स्थल गुमनाम छन् । ऐतिहासिक हतुवागढी र कोटगढी पनि छन् । हतुवागढी गाउँपालिकास्थित हतुवागढी र पौवादुङमा गाउँपालिकामा रहेको कोटगढी पनि ओझेलमा छन् । यहाँ आन्तरिक पर्यटक फाट्टफुट्ट रुपमा पुग्ने गरेपनि बाह्य पर्यटक भने अझै पुग्न सकेका छैनन् । योगमायाको तपोभूमि मझुवाबेँसी, भोजपुरको शिरमा रहेको प्रसिद्ध शिद्धकाली मन्दिर, गोल्मेराजा गोल्मेरानी भिर, नागछाँगा, चुलाचुली गुफा, धार्मिक तथा पर्यटकीय क्षेत्र साल्पासिलिचुङ, पौवादुङमा गाउँपालिकामा रहेको दोश्रो हलेँसी भनेर चिनिएको त्रिपुरेश्वर महादेव, सन्तानेश्वर महादेवलगायत धार्मिक तीर्थस्थल पर्यटकको पर्खाइमा छन् । यस्तै जिल्लाकै अग्लो छाँगे झर्ना, सिलिचुङ चुचुरो, टेम्के डाँडा, मैयुङ डाँडालगायत स्थल प्रसिद्ध छन् । बसाइसराई बढ्दै गएपछि यहाँको जनघनत्व कम हुँदै गएको छ । टेम्केमैयुङ–५ का लाक्पा शेर्पाले भन्नुभयो, “हाम्रो ठाउँमा धेरै पर्यटकीय क्षेत्र छन् । स्थानीय तह, प्रदेश र केन्द्रको ध्यान पर्याप्त रुपमा पुग्न सकेको छैन ।” सडक मार्ग तथा अन्य विकास नहुँदासम्म ती स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन कमै हुने उहाँको भनाइ छ । विसं २०६८ मा भोजपुरको जनसङ्ख्या एक लाख ८२ हजार ४५९ थियो । विसं २०७८ मा जनसङ्ख्या घटेर एक लाख ५८ हजार ९९१ पुगेको छ । आवश्यक पूर्वाधार नहुँदा पर्यटकीय क्षेत्र ओझेलमा परेको स्थानीय अजय राईको भनाइ छ । “घुम्न आउनेको सङ्ख्या न्यून छ”, उहाँले भन्नुभयो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लोकप्रिय



भर्खरै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology