पुकु दिदी फाउन्डेशनको समन्वय तथा एनएमबि बैंकको सहयोगमा श्री वागमती माध्यमिक विद्यालय, सिसौट, सर्लाहीमा कक्षा १ देखि १० सम्मका छात्र-छात्राहरुलाई एक हजार स्कुल व्याग वितरण गरिएको छ। यही मंगलबार स्कुल प्राङ्गणमा एक समारोहबीच उक्त व्याग वितरण गरिएको हो।

सो अवसरमा एनएमबि बैंक प्रदेश नं.१ का क्षेत्रीयप्रमुख कमल पोख्रेल, वरहथवा सर्लाहीका प्रबन्धक विवेक झा लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो। फाउन्डेशनकी अध्यक्ष  शुभा पौडेलले एनएमबि बैंकको सामाजिक दायित्व अन्तर्गत सर्लाहीको पिछडिएको गाउँको सामुदायिक स्कुलका विद्यार्थीलाई प्राप्त सहयोग प्रति आभार व्यक्त गरिन्।

फाउन्डेसनबाट सो स्कुलमा ‘पुकु दिदी पुस्तकालयको स्थापना’, कम्युटर ल्याव स्थापना र सञ्चालनका साथै प्रत्येक वर्ष १० जनाविद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो