Rato Samachar
Mon, 28 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

आलेख सेवाः ड्रागन खेतीबाट पतिको सपना पूरा गर्दै

घरको सदस्य गुमाउँदा कुन परिवारलाई पीडा हुँदैन र ? त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्यागेर रोजेको जीवन साथी अनि घरको मूल मान्छे गुम्दाको पीडा हरेक श्रीमतीका लागि अझ बढी असह्य हुन्छ । यद्यपि, सहनुको विकल्प पनि हुँदैन । त्यही असह्य पीडा छेडागाड नगरपालिकाको साल्मामा स्थायी घर भई हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतस्थित नेवारेमा अस्थायी रुपमा बस्दै आएकी पद्मा रावतको जीवनमा प¥यो । विश्वव्यापी महाव्याधिका रुपमा फैलिएको कोरोना रोगका कारण पद्माले २०७८ वैशाख १७ गते पति बीरबहादुर बुढा गुमाउनु प¥यो । विसं २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फर्म स्थापना गरी ड्रागन फ्रुट खेतीबाट कर्णालीको नमूना व्यवसायी बन्ने सपना बुनेर बुढा ड्रागनको बेर्ना लिन २०७७ चैतको अन्त्यतिर भारतको गुजरात पुग्नुभयो । त्यतिबेला भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमणको निकै ठूलो त्रासदी थियो । भारतमा कोरोना व्यापकरुपमा फैलिँदै गएपछि वैशाखमा नेपालमा पनि बन्दाबन्दी गरिएको थियो । बेर्ना लिएर नेपाल फर्केको केही दिनपछि उहाँलाई कोरोना सङ्क्रमण देखियो । “कोरोना सङ्क्रमण देखिएपछि उहाँ आफैँले एम्बुलेन्स बोलाएर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा जानुभएको थियो । त्यतिबेलासम्म स्वास्थ्यमा त्यति समस्या थिएन ।” पद्माले भन्नुभयो, “दुर्भाग्यः अस्पतालको आइसोलेसनमा केही दिनपछि उहाँको निधन भयो । बीरबहादुरको निधनले परिवारको भरोसाको खम्बा ढल्यो । पति वियोगले उहाँलाई केही समय सम्हालिन गाहे भयो । असह्य पीडाले जीवन आँसुको आहालमा परिणत भयो । मावि तथा आधारभूत तहमा पढ्दै गरेका छोरी र छोराले पितृत्वको अभावको महसुस गर्न थाले । पद्मालाई जीवन पतझर शिशिरको जस्तो लाग्न थाल्यो । तरपनि छोराछोरी हेरेर चित्त बुझाउनुको विकल्प थिएन उहाँलाई । पतिले लाखौं ऋण लिएर सुरु गरिएको ड्रागन फ्रुट खेती डुब्दै जाने अवस्था आयो । उहाँको विछोडको पीडा एकातिर छँदैछ, अर्कोतिर त्यो ऋणको भारीबाट कसरी मुक्त हुने भन्ने चिन्ताले पद्मालाई पिरोल्न थाल्यो । सुरु गरिसकेको खेती छोड्ने अवस्था पनि थिएन र मूलतः ड्रागन फ्रुट खेती उहाँको पतिको जीवनको सपना थियो । पद्माको परिवार जाजरकोटको साल्मा पहाडबाट भित्री मधेशमा पर्ने सुर्खेत वीरेन्द्रनगरमा झर्दा धेरै मान्छेसँग चिनजान पनि थिएन । राम्रोसँग रहनसहन नभएको ठाउँमा मर्दा पर्दा गाउँको जस्तो सजिलै दुःख–सुख बाँड्न सक्ने अवस्था हुनु अझ परको कुरो भयो । झनै कोरोना रोगले मृत्यु भएको भन्ने सुनेपछि भेटघाटमा आउने आफन्त र अन्य शुभचिन्तकहरु चाहेर पनि भेट्न मान्दैनथे । पति विछोडको वेदना खेप्दै गर्दा रोगको प्रकृतिले पनि झनै पीडा दिलायो, रावतको परिवारलाई । त्यो बेला कोरोना रोग र त्यसबाट मृत्युको खबर सुन्नेहरु डरले नजिक नआएरै भाग्थे । कोभिड–१९ रोग लागेको भनेपछि समाजले पनि कमजोर र अपमानित दृष्टिकोणले नजर लगाउँथ्यो । समाजको यस किसिमको व्यवहारले पीडा भएर रावतको दैनिकी आँसुको आहालमा परिणत हुन्थ्यो । त्यसबेला उहाँले मृतक पतिको सत्गद् आफ्नो संस्कार अनुसार पनि गर्न पाउनुभएन । पतिको अवसानको अन्तिम क्षण त्यो मृत भौतिक अनुहार हेर्न नपाएरै टाढैबाट हात हल्लाएर विदाई गर्नुप¥यो । “पीडा र आँसुको आहालबाट तङ्ग्रिन गाहे त भयो नै । तथापि संसारलाई हेरें, अनि चित्त बुझाउँदै शोकलाई शक्तिमा बदलेर पतिको सपनालाई पूरा गर्ने दृढ सङ्कल्प मनमनै गरें,” पद्माले भन्नुभयो, “छोरा छोरी साथमै छन् । अब धेरै बिलौंना गरेर बाँकी जीवन चल्दैन भन्ने लाग्यो र त्यस दिनदेखि उहाँले बनाएको बाटोमा हिँड्न सुरु गरें ।” दिवङ्गत बुढाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतस्थित नेवारेमा करिब ३० कट्ठा क्षेत्रफलको जग्गा लिजमा लिएर ड्रागन फ्रुटको बिरुवा रोप्नका लागि ६३४ सिमेन्टको खम्बा ठड्याइसक्नुभएको थियो । विसं २०७८ वैशाख पहिलो सातासम्म करिब ८५ प्रतिशत काम भइसकेको थियो । पतिको निधनपछि फर्म सञ्चालकको जिम्मेवारीले ड्रागनका बिरुवा भने पद्माले रोप्नुभयो । एउटा खम्बामा चारवटाको दरले रोप्दा ६३४ खम्बामा करिब दुई हजार ६०० ड्रागनको बिरुवा लगाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार बिरुवा लगाउँदा कसरी फल्छ र यसको गोडमेल कसरी गर्नुपर्दछ भन्ने त्यति सुझबुझ थिएन । प्राविधिक ज्ञान, आर्थिक अभाव र जनशक्ति व्यवस्थापन विना अन्धाधुन्दा खेती सुरु गरेको उहाँले बताउनुभयो । पद्माले भन्नुभयो, “यो कस्तो ठाउँमा बढी उत्पादन हुन्छ ? कति पानी चाहिन्छ ? काँटछाँट कसरी गर्ने ? कति पछि र कस्तो फल दिन्छ ? भन्ने कुराको हामीलाई त्यति ज्ञान नै थिएन । यो त उहाँलाई मात्र थाहा थियो ।” बीरबहादुरले भने दाङ, चितवनलगायतका नेपालका विभिन्न ठाउँको ड्रागन फ्रुट खेतीको प्राविधिक र वातावरणीय पक्षको ज्ञान लिएर भारतको गुजरातबाट यसको बिरुवा ल्याउनुभएको थियो । त्यो प्राविधिक र वातावरणीय ज्ञान पद्मालाई जानकारी नहुँदै पतिको मृत्यु हुँदा खेती कसरी सुरु गर्ने भन्ने भेउ पाउन गाह्रो भयो । खेती सुरु गरेदेखि अहिलेसम्म रु ७० लाख बजेट लगानी भइसकेको पद्माले बताउनुभयो । उहाँका अनुसार कुनै सरकारी तथा गैरसरकारी निकायबाट सहयोग लिएको छैन । केही आफ्नो र धेरै ऋणकै भरमा लगानी गरेर ड्रागन फ्रुट खेतीलाई यो ठाउँसम्म पु¥याइएको छ । हेल्भटासले भने सिँचाइमा सहयोग गरेको थियो । मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले करिब ३० कट्ठामा खेती गरिरहेको छ । वार्षिक रु तीन लाख भाडा तिर्ने गरी लिजमा लिएको उक्त जग्गा १५ वर्षका लागि सम्झौता गरिएको र हरेक वर्ष १० प्रतिशतले भाडा वृद्धि हुने उल्लेख गरिएको उहाँले बताउनुभयो । ड्रागनको फल बजार जान थालेपछि भने पद्माको परिवारमा खुशी छाउन थालेको छ । उहाँ भन्नुहुन्छ, “प्रतिकेजी रु ८०० को मूल्यमा फ्रुट बजारमा बिक्री भइरहेको छ । यो बालबालिकाले आइसक्रिम जस्तो मानेर बढी खाने भएकाले बजारमा माग निकै छ तर हामीले पु¥याउन सकिरहेका छैनौंँ । अहिलेसम्म दुई क्विन्टल जति बिक्री गरिसक्यौंँ ।” पद्मालाई १७ वर्षीय छोरी सपना बुढाले ठूलो सहयोग गर्दै आउनुभएको छ । एसइई नतिजाको पर्खाइमा बस्नुभएकी सपनाले बुबाको सपना पूरा गर्नेमा आफ्नो पनि हिस्सा रहेको बताउनुभयो । “सायद बाबाले आफ्नो सपना पूरा गर्न मेरो नाम पनि सपना राख्नुभएको थियो”, उहाँले भन्नुभयो, “त्यसैले यही खेतीलाई नमूना बनाएर बाबाको सपना पूरा गर्छु ।” सपनाले आमासँग काम गर्दै यो खेतीका बारेमा धेरै सिकेको बताउनुभयो । उहाँका अनुसार एउटा पिलरमा लगाइएको बिरुवाबाट तीन केजीसम्म फ्रुट फल्ने गर्छ र महिनामा दुई लट दिने यो फल जेठदेखि असोजसम्म फल दिन्छ । यस हिसाबले उनीहरुले सामान्यतया एक महिनामा तीन हजार ६०० र पाँच महिनामा १८ हजार केजी ड्रागन फ्रुट उत्पादन हुन्छ । फ्रुट उत्पादनसँगै ड्रागनको बेर्ना पनि फर्मले उत्पादन गरेर रु २०० मा बिक्री गर्दै आएको छ । आफूले बुझेअनुसार एक पटक लगाएको ड्रागनको बिरुवाले २० देखि ३० वर्षसम्म फल दिने सपनाले बताउनुभयो । विगतमा कृषिबारे कुनै ध्यान नभएपनि एसईईको नतिजापछि ड्रागन फ्रुट खेती गर्न सहयोग पुग्ने प्राविधिक विषय लिएर उच्च शिक्षा पढ्ने लक्ष्य राखेको उहाँले जनाउनुभयो । ड्रागन फ्रुट बिक्रीले बुढा परिवारलाई पछिल्लो समयमा घर खर्च चलाउन, बालबालिकाको पढ्न सहयोग पुगेको छ । अब भने आम्दानी बढेर यो खेतीका लागि लगानी गरिएको ऋण तिर्न मद्दत पुग्ने उनीहरुले अपेक्षा गरेका छन् । कृषि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले एकल महिलाको प्रयासले गरिएको खेती वर्णन गर्न लायककै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “फर्मको उत्पादन र विकास यही रफ्तारमा गयो भने यसले आम्दानी राम्रो दिने देखिन्छ । वार्षिक रु छ लाख आम्दानी भन्दा कम हुँदैन ।” उहाँले मालिका ड्रागन फ्रुट फर्मलाई रु.८० हजारसहित एकहाते ट्रयाक्टर पनि सहयोग गरिएको बताउनुभयो । निर्देशक रोकायका अनुसार पद्मा रावतसहित कर्णाली प्रदेशमा अहिले आठ हेक्टर अर्थात पाँच विगाहा क्षेत्रफल जमीनमा ड्रागन फ्रुट खेती भइरहेको छ । ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो । यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हँुदा यसलाई ड्रागन फल भनिएको हुनसक्छ । यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रित हुन्छ । यसको काण्ड कमजोर हुने भएकाले खम्बा वा अन्य चिजको सहारा आवश्यक पर्दछ । कर्णाली प्रदेशमै बिना कुनै सहयोगमा एकल महिला पद्मा बुढाको एक प्रयासमा गरेको ड्रागन फ्रुट खेती दुई साताअघि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले अवलोकनको साथै उद्घाटन गर्नुभयो । त्यहाँ पुग्नुभएको मन्त्री शाहीले एकल महिलाको एकल प्रयासले भएको सफलताको उच्च प्रशंसा गर्नुभयो । “कृषिका माध्यमबाट कर्णालीको अर्थतन्त्र र आत्मनिर्भरता बढाउन योगदान दिने कृषि व्यवसायीहरुमा रावत एक उदाहरणीय पात्र हुन्,” उहाँले भन्नुभयो, “सरकारले व्यावसायिक खेती गरेर कर्णाली प्रदेशलाई माथि उठाउन सहयोग पु¥याउने कृषकहरुलाई विशेष प्रोत्साहन दिन्छ ।” मन्त्री शाहीले स्वाभिमानी र पौरखी व्यक्तिहरुका कारण कृषि क्षेत्रको व्यावसायिकता बढ्ने जनाउँदै फर्मका सञ्चालक रावतलाई ड्रागन फ्रुट उत्पादनपछि बिक्रीमा समस्या हुन नदिने आश्वासन दिनुभयो । उहाँका अनुसार बिक्री वितरणमा समस्या भएमा प्रदेश सरकारले सहजीकरण गरिदिने छ । काम गर्दै सिकेको ज्ञान र बाध्यात्मक रुपले थपिएको जिम्मेवारीले गरेको खेती भएकाले व्यावसायिक बन्न केही समय लाग्ने उहाँको बुझाइ छ । “पूर्वमन्त्री तथा ड्रागन व्यवसायी लोकेन्द्र विष्ट मगरले दाङमा गरेको ड्रागन फ्रुट खेतीको अवलोकन गरियो,” उहाँले भन्नुभयो, “त्यहाँको ड्रागन फ्रुट सेतो रङको रहेछ । दाना भने ठूलो रहेछ ।” उक्त खेती अवलोकन गर्न र त्यहाँको अनुभव लिन शुल्क तिर्नु परेको क्षणबारे सुनाउँदै उहाँले आफू व्यावसायिक बन्न नसकेको अनुभूति प्रकट गर्नुभयो । ड्रागन फ्रुट खेतीको वरिपरि बलियो बार नहुँदा चोरहरुले फल चोर्न थालेको उहाँले दुखेसो पोख्नुभयो । उहाँका अनुसार कर्णाली प्रदेश सरकारले चालु आव २०७९÷८० मा सिँचाइका लागि एउटा बोरिङ खन्दिने वचन दिएको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology