रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ६ स्थित गौरीटारको रंगशालामा जारी प्रथम अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबल प्रतियोगिताको विहिबार भएको खेलमा बागमती प्रदेशले विजय हुँदै फाइनलमा प्रवेश गरेको छ ।

बागमती प्रदेश र कर्णाली प्रदेश बिच भएको खेलको पहिलो हाफ गोल रहित बराबरीका साथ सकियो भने दास्रो हाफमा पनि दुवै टिमको तर्फबाट निर्धारीत समय सम्म कुनै गोल हुन नसकेपछि टाइब्रेकरमा धकेलीयो । टाइब्रेकरमा ४ ४ गोलको बराबरीमा सकिएकोले नतिजाका लागि खेल सडेन डेथमा धकेलीयो । त्यसपछि सडेन देथमा बागमतीले कर्णालीलाई २ १ गोल अन्तरले पराजित गरेको हो ।

प्रतियोगिताको म्यान अफ द म्याच बागमती प्रदेशका तर्फबाट क्रिसल मोक्तान घोषित भएका छन् ।

प्रतियोगिताको विजेता र उपविजेतालाई शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल खेल बैशाख २ गते हुनेछ ।