बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ६ स्थित गौरीटार रंगशालामा जारी मकवानपुर जिल्ला फुटबल संघद्धारा आयोजित स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको विहिबार भएको खेलमा नेपाल एपिएफ क्लब काठमाडौँ विजय हुँदै फाइनलमा स्थान पक्का गरेको छ ।
सेमिफाइनल अन्तरगत विहिबार भएको अन्तिम खेलमा एपिएफ क्लब काठमाडौँले बागमती युथ क्लब सर्लाहीलाई ४–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
खेलको पहिलो हाफको ४४ औँ मिनेटमा एपिएफको तर्फबाट अनिष मर्हजनले पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाए भने एता बागमती युथको तर्फबाट कुनै गोल हुन सकेन । दोस्रो हाफको १५औँ मिनेटमा एपिएफकै तर्फबाट प्रदिप लामाले दोस्रो गोल र ३९औँ मिनेटमा सर्ज संगले तेस्रो गोल गरे भने ४५औँ मिनेटमा फोडे फोफोनाले गरेको चौथो गोल निर्णायक बन्यो । निर्धारीत समयमा कुनै गोल फर्काउन नसकेको कारण बागमती युथले हार व्यहोरनु पर्यो ।
खेलको म्यान अफ द म्याच एपिएफको तर्फबाट अनिष मर्हजन घोषित भएका छन् ।

माघ २७ गते शनिबारका दिन फाइनल खेल नेपाल एपिएफ क्लब काठमाडौँ र न्युरोड टिम एनआरटी काठमाडौँ बीच दिउँसो १ बजे हुनेछ ।
हेटौडा–१५ स्थित न्युडाँफे युथको व्यवस्थापनमा करिब १ करोड ६० लाख रुपैयाँ लागत अनुमान खर्च हुने प्रतियोगिताका लागि प्रवेश शुल्क एक सय रुपैयाँ र भिआपी टिकटको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहले १५ लाख रुपैयाँ र दोस्रो हुने समुहले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तैगरि सर्वोकृष्ट खेलाडीका लागि हेटौंडा–४ का निवासी सन्तोष गौतमले बुलेट बाईकको प्रयोजन गरेका छन् ।
प्रतियोगिताका विधागत पुरस्कार अन्तरगर्त प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।
























प्रतिक्रिया दिनुहोस्