बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ६ स्थित गौरीटार रंगशालामा जारी मकवानपुर जिल्ला फुटबल संघद्धारा आयोजित स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको शनिबार भएको फाइनल खेलको उपाधि विभागीय टोली नेपाल एपिएफ क्लब काठमाडौँले जितेको छ ।
दुवै टिमका तर्फबाट निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएकोले टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा ३–३ गोलको बराबरी भएपछि खेल सडेन देथमा धकेलियो । त्यसपछि सडेन देथमा एपिएफले एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफका तर्फबाट अनिष महर्जन बनेका छन् भने अनिषले ३५० सीसीको बुलेट बाइक समेत पाएका छन् जसको हेटौडा ४ का निवासी सन्तोष गौतमले प्रयोजन गरेका हुन् । खेलको म्यान अफ द म्याच एपिएफको तर्फबाट गोलरक्षक एन्जल श्रेष्ठ घोषित भएका छन् ।
एपिएफका तर्फबाट कुलदिप कार्की उत्कृष्ट डिफेन्डर घोषित हुँदा, एनआरटीका तर्फबाट उत्कृष्ट मिडफिल्डर जय गुरुङ घोषित भए। त्यसैगरी एनआरटीकै तर्फबाट उत्कृष्ट फरवार्ड जन गोलरी घोषित हुँदा, एपिएफका सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए ।
प्रतियोगिताको उपाधी विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
























प्रतिक्रिया दिनुहोस्