रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालीका वडा नं ८ स्थित कमानेमा शुरु भएको ३ दिने अचार बनाउने तालिम समापन भएको छ ।
समाज सुधार तथा संरक्षण केन्द्र हेटौडाको आयोजनामा सुरु भएको तालीम संस्थाकी अध्यक्ष टिका कुमारी बोगटीको सभाध्यक्षता तथा हेटौडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा सिकेका कुरालाई व्यवसायिक रुपले अगाडी बढाउन सके मात्र तालिमको सार्थकता हुने र ब्यवसायिक समुह बनाएर काम गरे थप एड्भान्स तालिमको लागी उपमहानगरपालिकाले सहयोग गर्ने उपप्रमुख राजेश बानियाले बताए।
टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष गंगा प्रसाद पौडेल, प्रशिक्षक गौरी कुमारी बिष्ट लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
हेटौडा उपमहानगरपालिका को आर्थिक सहयोग मा संचालन भएको सो तालिममा २० जाना प्रशिक्षार्थी रहेको रसहभागीहरुलाई सहभागिता प्रमाणपत्र वितरण गरीएको थियो । तालिम बैशाख १३ गते शुरु भई आज १५ गते समापन भएको हो ।
























प्रतिक्रिया दिनुहोस्