रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा ८ कमाने स्थित अस्तित्व ब्यान्ड को आयोजनामा स्वर्गीय रविन तामाङको सम्झनामा दिप प्रज्वलन गरिएको छ ।

नेपाली संगीत जगतमा आफ्नो एउटा अलग पहिचान बनाउन सफल संगीतकार मात्र नभई कलाकार तथा गायक समेत रहेका स्वर्गिय रविनको मिती २०८०- ०३-१९ गते साँझ करिब ७ बजेको समयमा आफ्नो निवास स्थानमा निधन भएको थियो । उनको निधनको खबरले अहिले सारा नेपाली जनतालाई स्वकमा डुबाइ रहेको अवस्था छ । त्यसैले उनी प्रति सम्मान प्रकट गर्दै दिप प्रज्वलन गरी हार्दिक श्रद्धाञ्जली अर्पीत गरिएको थियो ।

ब्यान्डको अध्यक्ष नारायण पुडासैनी (निर्जलको) अध्यक्षतामा गरिएको दिप प्रज्वलनमा सम्पुर्ण कमानेका टोलबासी, अस्तित्व ब्यान्डको पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।