हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले आफुमाथि बिहीबार सार्वजनिकस्थलमै हातपात भएको बताएका छन् ।

हेटौंडा– ४ स्थित हेटौंडा क्याम्पसअगाडिबाट हुप्राचौरतर्फ जाने सडक विस्तारको विषयमा छलफल भइरहेका वेला विवाद भएपछि वडाध्यक्ष सिग्देलमाथि मञ्जु लामाले हातपात गरेको बताइएको हो ।

गएको असार ४ गते १ नं.वडाध्यक्ष सविन न्यौपानेलाई पनि कार्यकक्षमै कालो मविल छपेर एक समुहले कुटपिट गरेका थिए ।सोही घटना ताजा रहदै गर्दा अर्का जनप्रति सिग्देल कुटिएका हुन् ।

विहिबार पत्रकार सम्मेलन गर्दै नगरका जनप्रतिनीधिहरूको सुरक्षामा चुनौती भएकाले विरोधस्वरूप एकदिन उपमहानगर भित्रका जनप्रतिनीधि बाट प्रदान गरिने सेवा बन्द गरिने बताइएको छ ।

सडक निर्माणको ढिलासुस्तीको विषय जोडेर विवाद सुरु भएको समयमा भिडियो खिच्न खोज्दा आफूले भिडियो खिच्न नदिएको भन्द आफूमाथि आक्रमण भएको वडाध्यक्ष सिग्देलले बताए।

घटनापछि सडक निर्माण कार्य रोकिएको छ ।
कार्यालयले शुक्रबारका लागि तय भएका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको जनाएको छ।

यस अघि जनप्रतिनिधिमाथि भइरहेको आक्रमणको घटनामा दोषीलाई कारबाही नभएको अवस्था संगै यसकै विरोधमा शुक्रबार सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको मेयरमिना कुमारी लामाको भनाइ छ ।

मेयर लामाले भनिन्  “यसअघि १ नम्बर वडाध्यक्ष सविन न्यौपानेमाथि भएको सांघातिक हमलामा संलग्नलाई समेत कारबाही नभएको अवस्था छ ।घटनाका दोषीलाई कारबाहीको हुनुपर्यो जनप्रतिनिधिको सुरक्षा सुनिश्चति गर्न राज्य गम्भीर हुनुपर्छ ।”