हेटौंडा/ मकवानपुर जिल्ला तेक्वान्दो सघंको पहलमा हेटौडा उपमहानगर- २ स्थित सिद्धार्थ तेक्वान्दो डोजाङलाई तेक्वान्दो खेल सामाग्री हस्तान्तरण गरिएको छ ।

शुक्रबार सिद्धार्थ तेक्वान्दो डोजाङका प्रमुख युसुफ हुसेनलाई जिल्ला सघं परिवारको उपस्थितिमा करिब६० हजार को तेक्वान्दो खेल सामाग्री हस्तान्तरण गरिएको हो ।

हेटौंडा वडा नम्बर २ का वडाध्यक्ष विष्ण्ुगोपाल महर्जनद्धारा खेल सामाग्री हस्तान्तरण गरिएको जिल्ला संघका अध्यक्ष लालकाजि रत्न बज्राचार्यले बताए ।

हस्तान्तरण कार्यक्रममा अध्यक्ष सहित उपाध्यक्ष ओम कुमार लामा, कोषाध्यक्ष रबिन्द्र डङ्गोल , तेक्वान्दो नगर अध्यक्ष सुरशा ढुङाना र सदस्य गोपाल सुनार लगायतको उपस्थित रहेको थियो ।