मकवानपुरको हेटौंडा उपमहानगर–१५ स्थित सेल्फी रोड नजिक सामुदायिक वनमा करिब दुई महिना अघि मृत भेटिएकी महिलाको घटनाको रहस्य प्रहरीले सार्वजनिक गरेको छ ।

महिलाको हत्या भएको भन्दै गरेको अनुसन्धानमा मृतक र आरोपी दुवै भारतीय रहेको खुलेको छ ।

२०८३ साउन २२ गते मृत अवस्थामा महिलाको शव पहिचानै गर्न नसक्ने अवस्थामा भेटिएपछि जिल्ला प्रहरीले मकवानपुरले अनुसन्धान सुरु गरेको थियो । मृतक महिला भारतीय नागरिक २२ वर्षीया अफ्रिना प्रविन भन्ने रुची खातुन रहेको उनको हत्याको आरोपमा म २७ वर्षीय राहुलकुमार गुप्ता भन्ने ईश्वर कुमारको संलग्नता खुलेको जिल्ला प्रहरी मकवानपुरका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।
निज भारतको नगर थाना वेतियामा समेत मुद्दा दर्ता भई भारतको कारागार कार्यालय बेतियामा थुनामा रहेका छन् ।
प्रवक्ता डिएसपी काफ्लेले जानकारी दिए अनुसार बिभिन्न सञ्चार माध्यम सहित आधिकारिक फेसबुक पेजमा मृतकले शरीरमा लगाएको कपडा, खुट्टाको औलामा लगाएको बिछिया, कानमा लगाएको मुन्द्रा, दुबै हातमा लगाएको रातो हरियो रङको लहठी (बाला) र नाकको फुली समेतको आधारमा मृतक महिलाको शवको स्केच तयार गरिएको तस्विर सार्वजनिक समेत गरेको थियो ।
प्रहरीले दिएको जानकारी अनुसार मृतक महिला भारत घर भई घटना हुनु भन्दा दुई महिना अगाडिदेखि चितवन भरतपुर महानगरपालिका ३ भरतपुर, बेलचोक, नौघरे, गणेश मार्ग टोलमा कोठा भाडामा लिई भारत घर बताउने वर्ष २७ को राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमारको साथमा बस्दै आएको भन्ने सम्बन्धित घर धनिबाट खुल्न आए अनुसार भारतिय प्रहरीको सहयोग लिएको हो ।
स्थलगत रुपमा जानकारी आए अनुसार महिला वर्ष २२ की (अफ्रिना प्रविन) भन्ने रुची खातुन विवाहित रहेको खुल्न आएको प्रहरी जानकारी गराएको हो ।

शव भेटिएपछि कर्तव्य गरि मारेको उक्त घटना सम्बन्धमा मृतककी आमा फातमा खातुनले भदौ ४ मा वर्ष २७ का राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमारको विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिई अनुसन्धान जारी थियो ।

मृतक महिलाको उक्त शव मितिअसोज १६ गते निजको आमा जाहेरवाला फातमा खातुनले बुझि लिएकी छिन् । भारत बेतिया बैरिया थाना सरैया भटवलिया वडा नं. ६ स्थित श्रीमानको घरबाट दाँतको उपचार गर्न भनि ६ महिनाकी छोरी साथैमा लिई जाँदा हराएको भनि भारतको बेतिया प्रहरी थानामा खोजतलाशको लागि निवेदन दिएको खुल्न आएको छ ।


उक्त घटनामा भारतको सञ्चार माध्यमा प्रकाशित समाचार अनुसार छ महिनाकी छोरीसहित बेपत्ता महिला नेपालमा मृत फेला परेपछि गरिएको अनुसन्धानमा एक युवक पक्राउ गरिएको उल्लेख छ ।

भारतको पश्चिम चम्पारण बेतियास्थित मीना बजारबाट चार महिनाअघि छ महिनाकी छोरीसहित बेपत्ता भएकी विवाहित रुचि खातुन उर्फ अफरिना परवीनको नेपालमा हत्या भएको सूचना पाएपछि बेतिया नगर थाना प्रहरीले समेत घटनाबारे अनुसन्धान अघि बढाएको थियो ।

बिभिन्न पहिचानको आधारमा ६ अगस्टमा नेपाल प्रहरी बेतिया पुगेको थियो । परिवारका सदस्यहरू नेपाल गएर चुरा, लहठी तथा उनले लगाएका कपडाका आधारमा शव रुचि खातुनको भएको परिवारले पहिचान गरेको मृतकका भाई सलमानले बताए। नगर थाना प्रहरीले बैरिया थाना क्षेत्र अन्तर्गत सिसवा सरेया निवासी राहुल कुमारलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको छ। भारतका प्रहरी निरीक्षक मिथिलेश कुमारका अनुसार रुचि खातुनको अपहरणसम्बन्धी उजुरीमा गत २१ अप्रिलमा नगर थानामा दर्ता गरिएको थियो। रुचिसँगै अपहरणमा परेकी छ महिनाकी बालिका अझै बेपत्ता छिन्। प्रहरीले पक्राउ परेका युवकसँग सोधपुछ गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको छ ।

……………………………………………………………………………………………………………………..

https://www.jagran.com/bihar/west-champaran-bettiah-missing-woman-murder-nepal-40349859.html

………………………………………………………………………………………………………………………