
हेटोंडा–१२ खेलकुद विकास समितिको आयोजना हेटौंडा उपमहानगरपालिका वडा नम्वर – १२ को सहयोग प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।
सोही खेल अन्तरगर्त बिहिबार दोस्रो दिन पहिलो खेलमा हेटौंडा १२, १३ विचमा भएको खेलमा २०-२५, २५-१०,२५-१९,२५-१२ सेटमा हेटौंडा १२ बिजयी भएको छ ।
सो खेलका लागि हेटौंडा १२ का उत्सव आले मगर म्यान अफ द म्याच घोषित भएका छन् ।
त्यस्तैगरि दोश्रो खेलमा हेटौंडा ६ र १५ को भिडन्तमा २५-२३,२५-२२,२५-२२ हेटौंडा ६ विजयी भएको छ । खेलका लागि हेटौंडा ६ का बिबेक माझी म्यान अफ द म्याच घोषितभएका छन् ।
सोही दिन तेस्रो खेलमा हेटौंडा १७ र १९ विच भएको खेलमा २५-२२,२५-१७,२५-१८ सेटमा हेटौंडा १७ बिजयी भएको छ । हेटौंडा १७ का बिशेष थापा मागर म्यान अफ द म्याच घोष्ति भए ।
हेटौंडा -१० स्थित तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालय तथा नारायणी कलेज मुख्य प्रायोजक रहेको भलिबल प्रतियोगिता हेटौंडा–१२ स्थित बुद्ध माध्यमिक विद्यालयमा भोलि शनिबार फाइनल खेल हुने छ ।
हेटौंडामा रहेको १९ वटा वडा मध्ये ७ वटा वडाले प्रतियोगितामा सहभागिता जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँ, उपबिजेता टिमले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमााणपत्र प्रदान गरिने कार्यक्रम संयोजक मनोज लामा स्याङतानले बताए ।
विधागततर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने र माघ १९ गते प्रतियोगिता समापन हुने संयोजक स्याङतानले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्