हेटौंडा उपमहानगरपालिका द्धारा सर्प उद्धारमा खटिदै आएका हेटौंडाका राजेश गरिब र रोशन दिपका लागि उद्धारमा प्रयोग हुने सामाग्री हस्तान्तरण भएको छ ।

मकवानपुरे सञ्चारकर्मी समेत रहेका पटिल्लो समय निःशुल्क रुपमा सर्प उद्धारमा समेत खटिदै आएका गरिब र दिपलाई हेटौंडा उपमहानगरकी मेयर मिना कुमारी लामाद्धारा सर्प उद्धारमा प्रयोग हुने सामग्रीहरु बुधाबार हस्तान्तरण गरिको हो ।

सञ्चारक्रममा रहेसंगै मकवानपुर लगायत हेटौंडा उपमहानगर भित्र हरेक वडाका घरघरमा पुगेर घरभित्र पसेका सर्प उद्धार गर्दै मानाव बस्तीभन्दा टाढा बन्यक्षेत्रमा लगरे छाड्ने गरेका छन् ।

सोही क्रममा बिना सामाग्री सर्प उद्धार गरिरहेको जानकारी पाएपछि सर्प उद्धारमा पूयोग हुने स्नेक क्याचका स्नेक टंक, हुक स्टीक, बुटसेट, व्याग, ग्लब्स, हेड टर्च लगायत सामाग्रीहरु उपमहानगरको तर्फबाट हस्तान्तरण भएको हो ।

सामाग्री हस्तान्तरण गर्दै मेयर लामाले पत्रकारित गरेसंगै घरघरमा पुगेर निःशुल्क सेवाका भावले सर्प उद्धार गरेको काम निकै प्रसंसा योग्य भएको बताइन् ।

डरलाग्दो काम बिना सुरक्षा र बिना सामाग्री काम गरेको देखिएपछि सुरक्षित ढङ्गले सहज तरिकाले काम गर्नका लागि सामाग्रीहरु उपलब्ध गराइएको मेयर लामाले बताइन् ।

सर्प उद्धार गर्दैगर्दा सुरक्षित भएर काम गर्न भन्दै शुभकामना दिइन् ।

सर्प उद्धारमा खटिदै गर्दा बिना सुरक्षा काम गरेको भन्दै हेटौंडा उपमहानगरका मेयर, उपमेयर राजेश बानियाँले आवाश्यक सामाग्री  उपल्ब्ध गराउँदा निकै खुसी लागेको बताए ।

सर्प उद्धार गर्दै गर्दा आफुहरुले अहिले सम्म १४ थरिका सर्पहरु फेला पारिसकेको र जसमा विषालु किङ्कोब्रा, स्पेक्टिकल कोब्रा९ गोवन सेतीनाग ०, मोनोस्लेड कोब्रा ९ गोवन चन्द्रनाग ०,ग्रिनपिट भाइपर, बेण्डेड करेत फेला परेका छन् ।
त्यस्तै गरि अविषालुमा कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्वीन स्पोटेट, उल्फ् स्नेक, फ्रोस्टेन क्याट स्नेक, चेर्कड किलव्याक, अर्नेनेट फ्लयाइङ्ग स्नेक, बफस्ट्रिप्ड किलव्याक र धामन सर्प भने प्रसस्त उद्धार गरेको बताए ।

हस्तान्तरण कार्यक्रममा मेयर लामा, प्रवक्ता सविन न्यौपाने, वडा नम्बर ८ का वडाध्यक्ष रामकृष्ण थापा, ९ का सुकराम केसीको उपस्थिति रहेको थियो ।