नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरद्धारा आयोजित तामाङ साँस्कृतिक महोत्सव–२०८१ बिहिबार सम्पन्न भएको छ ।

“ह्याङलान काअीरन ह्याङलान काअी– जम्बुलिङरी छार्ना लाअी“ भन्ने उद्देश्य सहित २८६१ डुल सा पुख्री ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा हेटौंडा–१० स्थित टिसिएन चौरमा साँस्कृतिक महोत्सव सम्पन्न भएको हो ।

निर्माणाधीन तामाङ संग्रहालय भवन निर्माण सहयोगार्थको अभियान सहित आयोजित महोत्सवमा लामा, बोम्बो, ताम्बा डम्फुरेसहितको ¥याली तथा झाँकी प्रदर्शन, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरिएको हो ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष कालु घलानको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो ।

तामाङ समुदायको नेतृत्वदायी संगठनले यस ल्होछारका लागि ९नयाँ वर्षकालागि० यो नारा तय गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा मकवानपुरे तामाङ कलाकारहरुको प्रस्तुति र तामाङ मौलिक भेषभुषा तथा खानाका परिकारहरु समेत प्रदर्शन गरिएको थियो ।

सोही कार्यक्रममा तामाङ पत्रकार संघ बागमती प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङ, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ मकवानपुर अध्यक्ष नवराज वाईवा हालै सञ्चारिका समूह नेपाल मकवानपुरको नवनिर्वाचित अध्यक्ष निशा गुरुङ र तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष जयराम मोक्तानलाई सम्मान गरिएको छ ।