हेटौँडा उपमहानगरपालिका वडा नंं ४का वडा नं. ४ का अध्यक्ष नविन सिग्देलले सडक विस्तारका नाममा आतंकित बनाउन नहुने बताएका छन् ।
एसियन हाइवे अन्तर्गत पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गतको सडक विस्तारका क्रममा पछिल्लो समयमा बजार तरंगित भएसंगै बिभिन्न कुरा लाई जोड्दै आइताबार बिहान सञ्चारकर्मीसंगको कुराकानीमा अध्यक्ष सिग्देलले यस्तो बनाएका हुन् ।
बर्षैदेखि भत्किन्छ या भत्किदैन भन्ने अन्यौलमा परिरहेको बेला पुनः जारी सूचना पछि हेटौंडामा बसोबास गरिरहेकाहरुले बिभिन्न माग सहित बिरोध गरिरहेका छन् ।
यता हेटौंडा उपमहानगरको पक्षबाट मेयर मिना कुमारी लामाले सडक विस्तारको लागि तयार भएको भनाइलाई केन्द्रित गर्दै जनप्रतिनिधी भएपछि जनताको हितमा काम गर्नुपनेमा महानगरको मेयर बालेनको सिखो गर्दै ठुलो बालेन बन्नेप्रयास गर्न नहुने बताए ।
अध्यक्ष सिग्देलले संघिय सरकार अन्तरगर्तको काम भएको उल्लेख गर्दै सडक विस्तार गर्ने प्रक्रियामा अघि पनि सर्ने र जनताको मनोभावाना अनुसार काम गर्ने र सडक पनि फराकिलो बनाउन अघि बढ्नुपने अवस्थामा सडक विस्तार गर्नेमा आफु बिरोधी नभएको तर, आंतकित बनाएर काम गर्न खोजिएको जिकिर गरे।
प्रतिक्रिया दिनुहोस्