मञ्जुश्री असाहय संरक्षण केन्द्र काठमाण्डौं शाखाले गएको शनिबार लैङ्गकि हिसा विरुद्ध अन्तरक्रिया कार्यक्रम गरेको छ ।

“घरैबाट सुरु गरौं , महिला हिंसा अन्त्य गरौं ” भन्ने राष्ट्रिय नारा सहित यसपालीको लैंगिक हिंसा विरूद्धको अभियान गरिएको शाखा अध्यक्ष मिना बस्नेतले बताईन् ।

२०५४ सालदेखि नेपालमा हरेक वर्ष विभिन्न कार्यक्रम गरी महिलामाथि हुने हिंसाविरुद्धको अभियान सञ्चालन गरिन्छ भने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगर्त सरोकारवालासँग अन्तरक्रिया गरिएको बताईन् ।

नेपालमा महिलामाथि बिभिन्न तरिकाले हिंसात्मक कार्य हुने गरेकालेहिंसा विरूद्ध डटेर लड्न र नारीले पनि देशमा केही काम गरेर स्वभानी बन्न सकिन्छ भन्न्ो सोचको विकासमा टेवा पुगोस भन्नका लागि कार्यक्रम गरिएको बताएकी हुन् ।

 

शाखा अध्यक्ष मिना बस्नेत भन्छिन् ‘कार्यक्रममा प्रदेश नं १ का पूर्व सामाजिक विकासमन्त्री उषाकला राई लगाएत सरोकारवाला निकायहरले हात्तेमालो गर्दे जानु पर्नै र आवाश्यक सहयोग गर्छौँ भन्नु भएको छ ।

महिलाहरूले बाध्य भएर हिंसा सहेर बस्नु पर्ने बाध्यता अझै रहेको छ । कतिपय महिलालाई आफू हिंसामा न्याय पाइने ज्ञानै नभएको अवस्थामा हिंसा अन्त्यका लागि सञ्चार क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुनुपर्छ’ ।

लैङ्गिक हिंसा अन्त्यका लागि अब  देशका  हरेक नगरिकको पहल हुनु पर्छ ।

महिलामाथि हुने हरेक हिंसात्मक कार्य विरूद्ध डटेर लड्नुपर्ने बेला हो । हिंसाका घटनाका बारेमा जानकारी आएमा हामी पनि चुपलागेर बस्दैनौँ । हामीले आवाज उठाउछौँ र सम्बन्धिहरु समक्ष पुग्छौँ ।