सिमकोट गाउँपालिका– ५ को खाद्यक (तल्लो गाउँ) मा शनिवार दिउँसो भएको आगालागीबाट सात लाख रुपियाँ बराबरको क्षति भएको छ । शनिबार अपरान्ह सो आगलागीबाट शौचालय, गोठ, दाउरा र घाँस जलेर नष्ट भएर सो क्षति भएको हो ।
प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माकाअनुसार गाउँको मध्यक्षेत्रमा रहेको दाउरा र घाँस राखेको स्थानमा आगलागी भएको थियो । आगलागीबाट बसन्त रोकायाको शौचालय, पदम रावतको गोठ, दाउरा र घाँस तथा चक्र रावतको दाउरा र घाँस जले क्षति भएको छ । घटना स्थलमा पुगेको प्रहरीले तयार पारेको मुचुल्काअनुसार अनुमानित सात लाख रुपियाँ बराबरको क्षति पुगेको छ ।
आगलागीबाट ठूलो परिमाणमा भण्डारण गरेर राखिएको दाउरा जसेर नष्ट भएको छ । त्यसैगरी दुई थुप्रो पशुबस्तुका लागि भण्डारण गरिएको घाँस पनि जलेको छ । कसरी आगाली भएको भन्ने अहिले अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ । स्थानीयवासीकाअनुसार बिजुली तार सर्ट वा बालबालिकाले खेल्ने क्रममा आगो लगाएको हुनसक्ने अनुमान गरिएको छ ।
आगो लागेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै ठूलो संख्यामा स्थानीयवासी लागेर नियन्त्रणमा ल्याउनु भएको थियो । यसबाट मानवीय मानवीय क्षति नभएको प्रहरीको भनाई छ । घरहरु जोडिएर निर्माण गरिएको कारण उक्त गाउँ ठूलो दुर्घटनाबाट जोगिएको छ । आगाली दिउँसो भएका कारण पनि कम क्षति भएको स्थानीयको भनाई छ ।
यो समाचार गोरखापत्र बाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्