नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगिमा संग्लग्न जो कोहिलाई पनि कानुनी कठघरमा उभ्याईनुपर्ने बताएका छन् ।
हेटौंडामा जिल्ला सभापति बुद्ध लामाको अध्यक्षतामा मंगलबार आयोजित ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा कार्यक्रमलाई सम्बोधन गर्दै कानुन सबैलाई बराबर हुने भएकाले सबैप्रति समान व्यवहार गर्नुपर्ने बताएका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकको बेला पनि आफूले यस विषयमा भनिरहेको बताए ।
सहकारी ठगिमा गल्तिगरेको प्रमाणीत भए कानुनी दण्ड भोग्न आफुपनि तयार रहेको बताएका हुन्।
जसले ठगी गरेको हो, उही दण्डित हुनुपर्ने र पार्टीको झण्डा बोकेकै भरमा बचाउमा उत्रन नहुने थापाको भनाई छ ।
महाधिवेशनका विषयमा बोल्दै हुन्छ कि हुँदैन भनेर संकोचित हुनुपर्ने अवस्था नरहेको उल्लेख गरे।
पार्टीको विधानअनुसार नै चलिरहेको र १५ औं महाधिवेशन समयमै हुने दाबी गरे । जनताको कामलाई प्राथमिकता दिएर जनताको समस्या समाधान तर्फ रहन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्