संसारको सबैभन्दा ठूलो हवाईजहाज रुसी आक्रमणमा परेर ध्वस्त भएको छ ।

एन्टोनोभ एन–२२५ नाम गरिएको उक्त जहाज युक्रेनमा रुसी आक्रमणमा ध्वस्त भएको युक्रेन सरकारले जनाएको सीएनएनले उल्लेख गरेको हो ।

राजधानी किभको विमानस्थलमा पार्किङ गरिएको सो विमानमा आक्रमणमा परेर ध्वस्त भएको छ ।

युक्रेनमा ‘म्रिया’ वा ‘सपना’ नाम राखिएको उक्त विमानलाई ध्वस्त पारे पनि रुसी आक्रमणले युक्रेनको सपना ध्वस्त पार्न नसकिने युक्रेनी परराष्ट्र मन्त्री डिम्रिटो कुलेभाले ट्वीट गर्नुभएको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो