हेटौंडा । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । श्रम सँस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहेका साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि उम्मेद्वारी दिने घोषणा गरेसँगै आइतबार कार्यपालिकाको बैठकमा धरानको मेयर पदबाट राजीनामा दिएका हुन् ।

साम्पाङले सुनसरी जिल्लाको क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदसस्य पदका लागि चुनाव लड्ने छन् । आइताबर बसेको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रविक्रम मेघालाई उनले राजीनामा पत्र बुझाएका हुन् । उनले राजीनामा दिएसँगै अब उपप्रमुख मेघाले कार्यवहाक मेयरको जिम्मेवारी सम्हाल्ने छन् ।

उनले दोसो पटकको प्रयासमा जित हासिल गर्दै मेयर पदमा निर्वाचित भएका थिए । २०७६ सालमा भएको उपमहानगरपालिकाको उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वारी बनेका उनले ४ सय २२ मत ल्याउँदै पराजित भएका थिए भने दोस्रो पटक २०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्र उम्मेद्वारी बनेका उनले २० हजार ८ सय २१ मत ल्याउँदै मेयर पदमा निर्वाचित भएका थिए ।

श्रम संस्कृति पार्टी खोलेर नेतृत्व गरेपछि उनले हेटौंडासहित अन्य विभिन्न जिल्लामा पार्टीको प्रचार तथा विस्तारका भेला गरेका थिए । पार्टीको प्रचारमा सक्रिय देखिए पनि मकवानपुरे पत्रकारसँग कुरा गर्दा उनले आफूलाई पार्टीका नेता नभनी श्रमदाता बताएका थिए । पार्टीको प्रचारका लागि विभिन्न जिल्लाहरुमा पुगेको कारणले कार्यपालिकाको समय नदिएको भन्दै कार्यपालिकाका सदस्यहरुले उनको राजीनामाको माग गरेका थिए । उनको पार्टीको चुनाव चिह्‌न माटो रहेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी