मकवानपुर /आउदै गरेको येशू ख्रीस्टको जन्मको उत्सवलाई ईशाई धर्मावलम्वीहरुले  संस्कृतिअनुसार  संसारभर  मनाउने तयारी गरिरहेका छन् ।

ससारभर धुमधासंग मनाइने गरेको येशू ख्रीस्टको जन्मको उत्सवलाई डिसेम्बर महिनाभर हर्षोल्लास उज्यालो ल्याउने गरेको पाइन्छ ।

जिसस क्राइस्टको जन्म भएको दिन डिसेम्बर २५ तारिखमा हरेक वर्ष क्रिसमस पर्व मनाउने परम्परा छ भने, इसाई धर्मावलम्बीहरुले क्रिसमसलाई विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिरहेका छन ।

मकवानपुरमा करिब ६० वटा चर्च रहेका छन् भने क्रिसमसका दिन ईशाई धर्मावलम्वीहरुले चर्चहरुमा प्रार्थना गर्ने र यशुको भजन सहित साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै मेरी क्रिसमस भन्दै शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ ।

आउदो डिसेम्बर २५ तर्थात् पुस १० गते परेको क्रिसमस डे लाई नेपालका विभिन्न स्थान संगै मकवानपुरमा पनि मनाउने तयारी भएको पास्टरहरुले बताएका छन्।

विश्वभरी फैलिएर त्रसित बनाएको कोरोना भाईरसलाई मध्यनजर गर्दै सुरक्षित ढङ्गले क्रिसमस विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको इसाई धर्मावलम्बीहरुबताउछन्।

क्रिसमसको अवसरमा उपहार दिनुका साथै घर तथा चर्चहरुमा क्रिस्मस ट्री सजाएर सान्त क्लाउजको पोशाक लगाउने समेत गरिन्छ ।
सर्वसाधारण मानिसलाई विभेदबाट मुक्त पार्न येशु आफैँ क्रसमा चढेकोले येशुलाई जिसस क्राइस्ट पनि भन्ने गरिएको भनाइ छ ।

ईसाको जन्म २ ईसापूर्वमा इस्राइलको नासिरत प्रान्तको एक गाउँ बेतलेहममा धेरै कठिन परिस्थितिहरूमा भएको विश्वास गरिन्छ । उनको माता मरियम उनको जन्मको समय कुमारी नै थिइन् । नाम मात्रको लागि उनको यूसुफसँग विवाह भएको थियो ।

मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए ।

बाइबलका अनुसार नै मरियमलाई उनको कोखबाट ईश्वरपुत्रको जन्म हुनेछ भनेर ईश्वरको सन्देश प्राप्त भएको मानिन्छ ।

यहूदी धर्मका नबि हरुले युगौँ पहिले एक उद्धारक या मुक्तिदाता मसीहाको पुनः अवतरण हुने भविष्यवाणी गरेको मान्यता छ । जेरुसेलमको बेथलेहमा दुई हजार १६ वर्षअघि कुमारी मारियमको कोखबाट येशुको जन्म भएको भनिएको छ ।

ईसा र उनको परिवार जन्मजात यहुदी थिए भनिएको छ भने मानवका लागि योगदान दिएको सम्झनामा इस्वी संवत् चलाइएको समेत विश्वास गरिएको छ।

संसारको एक मात्र शान्ति दाता तथा हाम्रा उदार कर्ता प्रभु येशुको खिष्टको शुभ जन्म उत्सब तथा खिष्टमसका अवसरमा हिमाल पहाड तराईमा वस्नु हुने सम्पुर्ण विश्वासीजनहरुलाई मिण्डलीका पाष्टरहरुले ख्रष्टमसको हार्दिक शुकामना व्यक्त गरेका छन् ।

 

बाइबलको महत्व

बाइबलमा लेखिएका वचन र बचनमा भनिएका प्रेमको प्रमाण बाइबलले दिएका शब्दको साधारण अर्थ मा परमेश्वर सं सम्बन्ध गास्न र परमेश्वरले मानिससित प्रेम गर्ने बातावरण बन्ने जानकारी पाइने हुदा परमेश्वरको वचन हो । यसलाई, पढ्नु पर्छ पालना गर्नु पर्छ र भरोसा गर्नु पर्छ विश्वाशीहरु भन्छन ।

बाइबलमा छुट्टाछुट्टै ६६ वटा पुस्तकहरु भएको र ३ महादेशहरुमा लेखिएको समेत भनिन्छ ।

बाइबल छुट्टाछुट्टै भाषामा लेख्न करिब १५ सय वर्ष लागेको र ४० जना भन्दा बढी लेखकहरुले लेखेको बाइबलमा धेरै व्यक्तिगत भविष्यवाणीहरु दिएका छन् भनिन्छ।