भक्तपुरका एकजना नगरवासीले आफ्नो छोरोको व्रतबन्धबाट जोगिएको रकम ख्वप अस्पताललाई उपलव्ध गराएका छन्।
भक्तपुर नगरपालिका वडा नं. ९ का निवासी रामप्रसाद प्रजापतिले आफ्नो छोरा नुग एन्जेलको व्रतबन्धको अवसरमा बचेको रकम भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा स्वास्थ्य सामग्रीहरु खरिद गर्नको लागि आर्थिक सहयोग गरेका हुन्। उक्त रकम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरिएको छ।
नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा स्वास्थ्य सामग्रीहरु, ह्वील चेयर र आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न आर्थिक सहयोगस्वरुप एक लाख ५१ हजार ५ सय १ रुपैयाँ प्राप्त भएको नगरपालिकाले जनाएको छ। प्राप्त सहयोग रकममा अस्पतालकोतर्फबाट रकम थप गरी मेडिकल रेफ्रिजेरेटर खरिद गरी अस्पतालको फार्मेसीमा औषधि स्टोर गरिएको अस्पतालले जनाएको छ।यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्