हेटौंडा । चिकित्सक संघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष हरिबहादुर खड्का नेतृत्वको समूहले ४ दिन पहिलो वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । संघको केन्द्रीय सर्कुलर अनुसार बुधबार मकवानपुर जिल्लामा पनि ज्ञापनपत्र बुझाइएको संघले जानकारी दिएको छ ।
घटना घटेको ४ दिन वितिसक्दा समेत दोषीहरुलाई कानून बमोजिम मुद्दा दायर गरी कारवाही नहुनु र पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि उल्टै दमन र अन्याय गरिनु साथै वार्तामा गएका चिकित्सकहरुमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखद्वारा दुर्व्यवहार गरिनु अत्यन्त लज्जास्पद रहेको संघको ठहर छ । मंगलबार संघका पूर्व अध्यक्षज्युहरु, पूर्व महासचिवज्युहरु, वरिष्ठ चिकित्सकज्युहरु, अस्पताल निर्देशकहरु, विशेषज्ञ समाज, आवासीय चिकित्सकहरू लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग भएको छलफल एवं संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकको निर्णण अनुसार आन्दोलनको घोषणा गरिएको हो ।
यस्तो उल्लेख गरिएको छ विज्ञप्तीमा
मिति २०८३/०४/१३ गते बुधवारका दिन मकवानपुर जिल्लामा रहेका सरकारी, गैरसरकारी, निजि अस्पताल, पोलिक्लिनिक तथा क्लिनिकहरुमा आकस्मिक वाहेकका सबै सेवा बन्द गर्ने ।
मिति २०८३/०४/१३ गते बुधवार जिल्ला भरका सम्पूर्ण स्वास्थ्यकर्मीहरू नेपाल चिकित्सा संघ मकवानपुर शाखाको कार्यालय हेटौडा अस्पतालमा जम्मा भई जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आ–आफ्नो कार्यरत संस्थामा गई विरोध प्रदर्शन गर्ने ।
संघको यस आन्दोलनमा साथ दिन विशेषज्ञ समाज, एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल, स्वास्थ्यमा क्रियाशील सम्पूर्ण संघ संस्थाहरू लगायत सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई हार्दिक आहान गर्दछौ । साथै यस आन्दोलनबाट आम नागरिकहरूमा पर्न जाने असुविधा प्रति क्षमा माग्दै यसको जिम्मेवार नेपाल सरकार स्वयं रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौ ।


















प्रतिक्रिया दिनुहोस्