रोशन दिप – विद्यालयको पदेन सदस्य रहँदा समेत समय दिन नसकेको अवस्थामा कुनै पनि विद्यालय व्यवस्थापन समितिको नेतृत्व गर्ने जिम्मा वडाध्यक्षलाई दिने गरि विधेयक ल्याउन नहुने सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सचिव महमद समिम खानले बताए।

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा विद्यालय व्यवस्थापन समितिको अधिकार वडाध्यक्षलाई दिन लागिएको व्यवस्था भएकाले त्यसलाई तत्काल सच्याउनु पर्ने माग गर्दै वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिँदा विद्यालयको शैक्षिक गुणस्तर बिग्रदै जाने बताए ।

उनी भन्छन् ,”विधेयकको उक्त व्यवस्थाबाट सामुदायिक विद्यालयको मर्ममाथि प्रहार भएको छ । विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावक तथा समुदायको सहभागीताको अधिकार माथि हस्तक्षेप भएको, सामुदायिक विद्यालय अभिभावक, समुदायको हातबाट खोसिएको छ” । समग्र सार्वजनिक शिक्षा प्रणालीलाई नै कमजोर बनाउन यस्तो खालको व्यवस्था गरिएको उनको आरोप छ।

कुनै पनि सरोकाररवालाहरुसँग छलफल र परामर्श विना नै विधेयक तयार गरिएको भन्दै विद्यालय सञ्चालन र व्यवस्थापनमा समुदायको स्वामित्व र अभिभावकको नेतृत्व स्थापित गर्ने गरी हुनुपर्ने हो । त्यसैले तयार भएको त्रुटीपुर्ण विधेयक मस्यौदा प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको जानकारी दिए।

सोमवार साउन २९ गतेको दिन आधुनिक राष्ट्रिय माविमा जिल्लाका सामुदायिक विद्यालयक व्यवस्थापन समितिका पदाधिकारीहरुसँग छलफल गरिने छ र त्यस पश्चात सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको केन्द्रीय कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुर र शिक्षा विकास तथा समन्वय इकाई मार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत तय गरिएको छ ।