रोशन दिप – मकवानपुरको हेटौडा उपमहानगरपालीकाले आयोजना गरेको रास्ट्रपति रनिङ सिल्ड २०७९ अन्तर्गत तेक्वान्दो तर्फ नगर छनौट सम्पन्न भएको छ ।
कार्यक्रम नगर खेल्कुद विकाशका अध्यक्ष चन्द्र शाहिको सभाध्यक्षतामा, जिल्ला खेल्कुद विकाश समितिकाका अध्यक्ष भेस बा खड्कीको प्रमुख आतिथ्यतामा र रास्ट्रापति रनिग सिल्ड कार्यक्रम संयोजक तथा चन्द्रोदय माविका प्रध्यापक धित राज ढकालको विशिष्ट अतिथ्यतामा भएको थियो ।
मंगलबार हेटौंडा–४, कर्रास्थित कभर्ड हलमा श्री चन्द्रोदय माध्यमिक विधालयको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा छनौट भएका खेलाडीहरुको नाम क्रमस एस प्रकार रहेको छ ।
पुरुष तर्फ ४५ केजी तौल मुनिका खेलाडीमा प्रथम हुनेमा युसुफ हुसेन, दितीयमा बिबेक ब्लोन र तृतीयमा जेनिस चौलागाई तथा बैभव भट्ट रहेका छन् भने महिला तर्फ ४२ केजी मुनि प्रथम हुनेमा रुमिसा राई, दितीयमा मोनिका शाह, तृतीयमा अर्पणा गोले तथा इमिना गोले रहेकी छन् ।
पुरुष तर्फ ४८ केजी तौलमुनि प्रथम हुनेमा अरबिन घलान, दितीयमा समिर तामाङ र तृतीयमा संगम थिंग तथा निमेश.पोखरेल रहेका छन् भने महिला तर्फ ४४ केजी तौलमुनि प्रथम हुनेमा कबिना राई दितीयमा प्रनिका राजथला तथा तृतीयमा भुमिका श्रेष्ठ रहेकी छन् ।
पुरुष तर्फ ५१ केजी तौल अंतर्गत प्रथम हुनेमा इमरान बज्यु, दितीयमा दिपेश आले मगर र तृतीयमा रस्किन अधिकारी तथा चुन दिप तितुंग
रहेका छन् भने महिला तर्फ ४६ केजी तौल अंतगर्त प्रथम हुुनेमा कृस्मा ब्लोन, दितीयमा सुभेच्छा घलान र तृतीयमा रिचा लामा तथा
नाम्सा शाक्य रहेकी छन् ।
मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका पदाधिकारी तथा प्रशिक्षकहरुले प्राविधिक सहयोग रहेको छनोट प्रतियोगितामा सरकारी तथा निजी गरी १५ वटा विद्यालयका ४६ जना विद्यार्थी सहभागी थिए । छानिएका विद्यार्थी खेलाडीहरुले जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्नेछन्।
प्रतियोगिताको अतिथिमा खेल्कुद विकाश समितिका कार्यालय प्रमुख माधव कोईराला, मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितीका अध्यक्ष लालकाजि रत्न बज्राचार्य, मकवानपुर तेक्वान्दोकै संस्थापक दिलिप राजथला साथै मकवानपुर जिल्ला तेक्वान्दो संघका पधादिकारि तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।

























प्रतिक्रिया दिनुहोस्