राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवम् पूर्वमन्त्री गणेश शेरचनको ७८ वर्षको उपचारका क्रममा निधन भएको छ ।
लामो समयदेखि मधुमेह रोगबाट पीडित शेरचनको पछिल्लो समय मृगौलामा पनि समस्या देखिएको थियो ।
राप्रपाका संस्थापक नेता समेत रहनुभएको उहाँको आइतबार बिहान ग्रयाण्डी अस्पतालमा नै निधन भएको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताउनुभयो ।
उहाँको निधनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शोक व्यक्त गर्नुभएको छ । शेरचनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । उहाँकी एक श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।
यो समाचार गोरखापत्र बाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्