भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म आयोजना हुने यू–१८ महिला साफ महिला च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन नेपाली महिला टोली आइतबार भारत प्रस्थान गरेको छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।

डबल राउण्ड रोविन लिगका आधारमा खेलाइने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले मार्च १५ तारिख आयोजक भारतसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेश, तेस्रो खेल मार्च २१ मा फेरि भारतसँग र चौथो खेल मार्च २३ मा बंगलादेशसँग खेल्नेछ । शीर्ष टोली च्याम्पियन बन्नेछ । च्याम्पियनसिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले बिहीबार नै २३ सदस्सीय खेलाडी टोलीको घोषणा गरिसक्नुभएको छ । नेपालले उपाधि जित्ने लक्ष्य राखेको टोलीका प्रशिक्षक दर्शनले दावी गर्नुभएको छ ।

नेपाली टोली :

सावित्री किशन, लिला जोशी, पुजा थापा, सविना चौधरी, मन्जु कुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यास्माली मगर, दिपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रिती राई, शुनकला राई, अन्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिश्मा थापा, सदिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई र गरिमा राई ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो