रामेछाप जिल्लाको तामाकोसी नदीमा -याफ्टिङ सेवा सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवद्र्धन गर्न सहयोग पु-याउने उद्देश्यले जिल्लाको लिखुतामाकोसी गाउँपालिका–७, हल्देबेँसीदेखि मन्थली नगरपालिका–१, आकाशेसम्म -याफ्टिङ सेवा सञ्चालनमा ल्याइएको हो ।
विगतका वर्षहरूमा पनि सञ्चालनमा आएर बन्द भएको सेवा नेपाल रिभर रनर र सेन्ड फ्लाई टुर्स एन्ड ट्राभलले संयुक्त रूपमा पुनः सञ्चालनमा ल्याएको हो । विगतका वर्षहरूमा सञ्चालन आएर बन्द भएको -याफ्टिङ शनिबारबाट नियमित रूपमा सुरु गरिएको -याफ्टिङ सेवा रामेछाप संयोजक सुमन खड्काले बताउनुभयो ।खड्काका अनुसार अहिले हल्देबेँसीदेखि मन्थलीका आकाशेसम्म दुईवटा बोटमार्फत -याफ्टिङ सेवा सञ्चालन भइरहेको छ । एक पटकमा दुईवटा बोटमा १८ जनासम्म सवार गर्न सकिन्छ ।
हल्देबेँसीदेखि जिल्ला सदरमुकामसमेत रहेको मन्थली आकाशेसम्म डेढ घण्टा -याफ्टिङ गर्न एक जना बराबर एक हजार रुपियाँ शुल्क तोकिएको संयोजक खड्काले बताउनुभयो ।विगतमा जिल्लामा हुने महोत्सवको अवसर पारेर सञ्चालन गरिएको -याफ्टिङप्रति रामेछापलगायत छिमेकी जिल्लावासीको आकर्षण रहेकाले अब नियमित हुने गरी सेवा सुचारु गरिएको खड्काको भनाइ छ ।
यो समाचार गोरखापत्र बाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्