Rato Samachar
Thu, 1 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

म्याग्दीका पालिकाले घटाए बेरुजु

  • म्याग्दीका स्थानीय तहहरूले बेरुजु घटाएका छन् । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनका अनुसार चार वर्षअघिको तुलनामा अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा जिल्लाका छवटा स्थानीय तहको बेरुजु रकम घटेको हो । आव २०७४÷७५ मा रु नौ करोड चार लाख ८६ हजार, २०७५÷७६ मा रु १० करोड ५० लाख ६१ हजार र २०७६÷७७ मा रु आठ करोड ५५ लाख २७ हजार बेरुजु देखिएको थियो । सो कार्यालयले गत हप्ता सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदन–२०७९ मा जिल्लाका स्थानीय तहको कूल बेरुजु रकम रु पाँच करोड चार लाख ३५ हजार छ । आव २०७७÷७८ मा राज्यकोषबाट खर्च भएको रु पाँच अर्ब ६५ करोड ९८ हजार बजेटको लेखा परीक्षण गर्दा शून्य दशमलव ८९ प्रतिशत बेरुजु देखिएको हो । कार्ययोजना बनाएर पुरानो बेरुजु असुलउपर, कागजात, प्रक्रियामा कडाइ गरिएपछि बेरुजु घटेको रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । “नपुगेका कागजात पूरा गरेमा र असुलउपर गरेमा नियमित गर्नुपर्ने बेरुजु फछ्र्यौट हुन्छ”, उहाँले भन्नुभयो, “बेरुजु बढ्न नदिन, पेस्की र असुल गर्नुपर्ने बेरुजु फछ्र्यौट गर्न कार्ययोजना बनाएर कार्यान्वयन गरेका छौँ ।” आर्थिक वर्षको अन्तिममा ठूलो मात्रामा बजेट खर्च गर्दा प्रक्रिया पूरा नगरेको, रकमान्तर नगरी विनियोजितभन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, सार्वजनिक खरिद ऐनको प्रतिकूल हुने गरी बिनाप्रतिस्पर्धा सामग्री खरिद र योजनाका काम गर्दा बेरुजु देखिएको महालेखाले टिप्पणी गरेको छ । रु ७९ करोड ८० लाख ४० हजारको लेखापरीक्षण भएको मालिका गाउँपालिकामा जिल्लामा सबैभन्दा बढी रु एक करोड ३९ लाख ९१ हजार बेरुजु देखिएको छ । रघुगङ्गा गाउँपालिकामा रु ७६ करोड ९० लाख ६५ हजारको लेखापरीक्षण गर्दा जिल्लामा सबैभन्दा कम रु ३६ लाख २७ हजार बेरुजु देखिएको छ । बेनी नगरपालिकाले खर्चेको रु एक अब २१ करोड ५३ लाख ९० हजारको परीक्षण गर्दा रु एक करोड ३९ लाख ५२ हजार, अन्नपूर्ण गाउँपालिकाको रु ८९ करोड दुई लाख ५७ हजार लेखापरीक्षण गर्दा रु ६४ लाख ८३ हजार बेरुजु देखिएको छ । धवलागिरि गाउँपालिकाको रु एक अर्ब १३ करोड १७ लाख ६५ हजार बजेटको लेखापरीक्षण गर्दा रु ८३ लाख ३४ हजार र मङ्गला गाउँपालिकाको रु ८४ करोड ५५ लाख ८१ हजारको परीक्षण गरिएकामा रु ४० लाख ४८ हजार बेरुजु देखिएको छ । ५८औँ प्रतिवेदनमा बेनी नगरपालिकामा रु दुई करोड आठ लाख, रघुगङ्गा गाउँपालिकामा रु एक करोड ७० करोड ८२ हजार, अन्नपूर्ण गाउँपालिकाको रु ६२ लाख ८७ हजार, धवलागिरि गाउँपालिकामा रु एक करोड ५७ लाख आठ हजार, मालिका गाउँपालिकामा रु एक करोड ३० लाख ५७ हजार र मङ्गलाको रु एक करोड २५ लाख ९३ हजार बेरुजु थियो । बेनी नगरपालिका, रघुगङ्गा, मङ्गला र धवलागिरि गाउँपालिकाले बेरुजु नियन्त्रण र फछ्र्यौटमा सुधार गरेका छन् । मालिका र अन्नपूर्ण गाउँपालिकामा बेरुजु उकालो लागेको छ । म्याग्दीको सदरमुकामसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको रु ८७ करोड २१ लाख २६ हजार लेखापरीक्षण गर्दा रु ८० लाख ९२ हजार बेरुजु देखिएको छ । ५८आँै प्रतिवेदनमा जलजलामा रु ९९ लाख २६ हजार बेरुजु थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology