मेरो प्यारो बाबा
सात समुन्द्र टाढा थियो मेरो जीवनको ठुलो सपना ।
अनि मेरा हरेक सपना पुरा गर्ने तिम्रो मा-त्र एक चाहाना ।
कहाँ सजिलो थियो र यहाँ सपना पुरा गर्न ।
खाना छाड्यौँ, नयाँ लुगा लाउँन छाड्यौँ ।
तर कहिल्यै पनि छाडेनौं तिमीले हार्न ।
छोडिदिए साथ् तिम्रा आफन्तले दुख पर्दा ।
भएनन् कोही आसु पुछ्ने तिमि भित्र भित्रै रुनु पर्दा ।
साच्चै बाबा कस्तो छ तिम्रो मन ?
अरुकै खुसीमा रमाउने तिम्रो मन आज किन कसैले रुवाउदैछ ?
बाबा, तिमी मेरो जिन्दगिको रंग हौँ, तिमी प्राण हौँ, तिमी मेरो हिम्मत हौँ ।
मेरो प्रिय बाबा, नहुनु तिमी कहिल्यै दुखि, नखानु कहिल्यै हार ।
अनि नझुक्नु कहिल्यै तिम्रा सत्रु सामु ।
तिमी निरास हुँदा मेरो जिन्दगी फिक्का हुन्छ, तिमी दुखि हुँदा मेरो खुसी लुटिन्छ ।
अनि तिम्ले हिम्मत हार्दा मेरो आँट र साहास हराउँछ ।
डराउन पर्दैन तिमीले यो समाजदेखि, लुकाउनु पर्दैन तिमीले शिर ।
किनकि तिमी कौरव सिद्याउने भीमसेन हौ, सकुनीको छलकपटले तिमीलाई छुदैन ।
तिमी दु:शासनको चंगोलबाट द्रौपदी बचाउने कृष्ण हौँ, मेरो प्यारो बाबा तिमी सबैको बिस्वास हौ ।
तिमी योद्दा हौँ बाबा, युद्ध सकिएको छैन तिम्रो हिम्मत कहिल्यै नसकियोस ।
तिम्रो सफलताको कामना गर्दछु, तिम्रै छोरी हुँ, तिम्रो सपना पुरा गरेरै छाड्नेछु ।
मेरो प्यारो बाबा, तिमी जिन्दगिको रंग हौँ, तिमि प्राण हौँ, तिमी मेरो हिम्मत हौँ ।