८ मार्च भर्खरै सकियो । यो दिन आउनुअघि नै हामीले आ–आफ्ना संस्थाका कार्यक्रम–योजना सुनायौँ । सबैले आ–आफ्ना ठाउँबाट उपस्थितिका लागि अनुरोध गर्ने भनियो । तर, कार्यक्रमको अन्तिम दिन अर्थात् ८ मार्चकै दिन समयमा कोही आइपुगेनन् । बिस्तारै केही नारीहरू आउन थाले । किन ढिलो रु कसैले भने– खाना बनाउँदा बनाउँदै ढिला भयो । कसैले भने– दुई बाटा लुगा धुनु थियो त्यो सक्दा ढिला भयो । कोही भन्दै थिए– उहाँ हिजो कार्यक्रमबाट ढिला आइस्या थियो, बिहान चिया खुवाएर निस्कुँला भनेको उहाँ उठ्नै ढिलो भो । कोही त भन्दै थिए– आज पूजा पनि गर्न पाइएन । समस्याका आ–आफ्नै पहाड थिए ।
नारीका कार्यक्रममा कैयौं नारी छुटे । कारण एउटै– घरधन्दा । ब्यानरमा लेखिएको थियो– नारी मुक्तिका कुराहरू, तर त्यही ब्यानरलाई कुनै घरको झ्यालबाट हेरेर कुनै घरकी नारी लजाइरहेकी थिइन् । बजार परिक्रमा गरियो । भाषण गरियो, तर असाध्यै छिटो । केही छोराछोरी स्कुल पठाउन घरतिर दौडिए । कसैलाई खाना बनाउनु थियो, श्रीमान् अफिस पठाउन । नारी दिवसका दिन सबै नारीलाई घरकै कामको चटारो थियो ।
कार्यक्रममा उपस्थित नारीहरूलाई घरबाट बारम्बार फोन आइरहेको थियो । श्रीमान्को फोन रिसिभ गर्दै नारीहरू भनिरहेका थिए, ‘स्वतन्त्रता जिन्दावाद १’ श्रीमान्हरू सोधिरहेका थिए, ‘कहाँ छ मेरो मोजा रु छोरीको स्कुलको टाई भेट्टाइएन १ छोराको खाजाको व्यवस्था के गर्ने रु बिहानै लखरलखर नारी दिवस भनेर हिँडेको छ, ९ बज्न लागिसक्यो, अब फर्कने होइन रु नगई नहुने के रहेछ त्यो नारी दिवसमा रु म आउन भ्याउँदिनँ भनिदिएको भए पनि हुन्थ्यो नि १’ श्रीमान्हरू, सासूससुराहरू नारीहरूलाई हप्काइरहेका थिए ।
म आफूलाई खुब स्वतन्त्र छु भन्छु, तर जब बिहानै कतै कार्यक्रम वा मिटिङ पर्छ, मैले केही प्रश्न सामना गर्नुपर्छ– बिहानै किन राखेको रु दिउसो राखेको हो भने के जान्थ्यो १ श्रीमान्लाई भान्छा छिर्नै मन पर्दैन । पानी तताएर खाने सामर्थ्य छैन । चियाका लागि घण्टौं कुरेर बस्न सक्छन् वा कुनै पसलमा गएर चिया पिउन सक्छन्, तर भान्छामा पसेर चिया पकाउँदा उनीहरूको इज्जत जान्छ । तपाईंहरूलाई यस्तो दृश्य याद छ रु श्रीमान्ले उम्लन लागेको दूध हेरिरहेका छन् र कोही साथीले बोलायो, उनीहरू ग्यास अफ गरेर सीधै साथी भेट्न पुग्छन् । आज पनि गाउँघरतिर यस्ता पुरुष छन्, जो दूध बजारसम्म पुर्याउँछन् । चियापसलमा जमघट गर्छन् र देश बनाउने कुरा गर्छन् । गाउँ–सहरको खबर सुनाएरै दिन बिताउँछन् । चौतारोमा उभिएर धेरै विषय ‘जानेर’ घर फिर्छन् । आमाहरू आज पनि घरको चौघेरा नाघेर बाहिर निस्कन सकेका छैनन् । कोही साथीसँग अलि समय गफ गर्यो भने लोग्नेहरू सोध्छन्, ‘कोसँग नारिएर गफ गरिरहेकी रु’ टीभी हेरे पनि प्रश्न आउँछ, ‘कति टीभी मात्रै हेरेको रु टिलिसिरियलले यसको जिन्दगी सिध्याउने भयो १’ प्रश्नहरूकै दुनियाँमा आज पनि नारीहरू घुमिरहेकै छन् । घरव्यवहारमा जोतिइरहेकै छन् ।
भन्न महिलालाई पृथ्वी भनिन्छ । तर, आमाहरूका दुःख फेरिएन । ऋग्वेद भन्छ, ‘बुद्धि छोटो हुने भएकाले स्त्रीको मनमाथि अधिकार जमाउन असम्भव छ ।’ यही पाठ हामीले पुस्तौंदेखि घोक्यौं । महिलाहरू जीवनसाथीभन्दा पनि यौनदासी वा सेविकाका हैसियतमा छन् उहिलेदेखि अहिलेसम्मै । छोराछोरीको हेरचाह अनि घरव्यवहारमै बित्छ अधिकांश महिलाको जीवन । समाजमा जर्बजस्ती जमेर बसेको बुझाइ छ, ‘महिला सहनशील हुन्छन्, शारीरिक रूपमा कमजोर हुन्छन्, घरभित्रै केन्द्रित हुनुपर्छ ।’ यो धारणामाथि सबैले धारे हात लाउन अब ढिलो भइसकेको छ । महिलालाई पितृसत्ताभित्रै बन्धकी बनाइराख्नु नै हामी सधैं पछि पर्नुको खास कारण हो भन्ने नबुझुन्जेल समाज कसरी विकास हुन्छ
यो समाचार कान्तिपुर बाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्