लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले ४ किलोग्राम लागुऔषध गाँजासहित मनहरी गाउँपालिका वडा नम्वर ९ बस्ने ४९ वर्षीय रामबहादुर घलानलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा घलानको घुम्ति पसलमा चेकजाँच गर्दा गाँजा बरामद भएपछि घलानलार्ई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीको जानकारी अनुसार पक्राउ परेका घलानका विषयमा थप अनुसन्धान भइरहेको छ ।