मकवानपुरगढी गाउँपालिकालाई शनिबार बालमैत्री स्थानीय तह घोषणा गरिने भएको छ ।

बालमैत्री स्थानीय तह घोषणाका लागि हालसम्म गरेका काम कार्यको अनुगमन भइसकेको छ भने गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न शाखाका कर्मचारी एवम् बालमैत्री सहजकर्तासंगको छलफल तथा अन्तरकृया गरिसकेको अध्यक्ष विदुर हुमागाँईले बताए ।

गएको फागुन २७ गते पालिकाका सबै वडाहरु बालमैत्री घोषणा भएर आउदो १२ गते गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्य अनुसार नै भोली सो दिन आएको बताएका हुन् ।

सुरुमा ३९ वटा सुचकमा काम गरेको भएपनि हाल ५१ वटा सुचकहरु पुरा गरेर घोषणाको लागि तयार भएको बताए ।

बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भोलि शनिवार मकवानपुर गढी गाउंपालिका वडा नम्बर ५ मा हुन लागेको स्थानीय शासन युक्त बाल मैत्री घोषणाको विशेष समारोहमा उपस्थित हुनका लागि अध्यक्ष विदुर हुमागाँईले सम्पुर्णमा अनुरोध गरेका छन् ।