हेटौंडा । मकवानपुरका विज्ञान शिक्षकहरुका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी एकदिने तालिमको आयोजना गरिएको छ । शनिबार हेटौंडा–४,स्थित भुटनदेवी माध्यमिक विद्यालयको सभाहलमा “आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी एक दिने तालिमको आयोजना गरिएको हो । मकवानपुरको बागमती, बकैया, मकवानपुरगढी, राक्सिराङ्ग, कैलाश, हेटौंडा लगायतका पालिकाहरुबाट सहभागी भएका ५८ जना शिक्षकहरुलाई रियल युनिक कम्प्युटर सेन्टर हेटौंडाका सञ्चालक तथा प्रशिक्षक श्रवण कुमार श्रेष्ठले र आइटी रिसर्चकर्ता नवीन गन्ताङ लामाले एआइएको प्रशिक्षण दिनुभएको थियो ।
तालिममा सहभागीहरूको तर्फबाट कौशल्या दहाल र कुलचन्द्र अधिकारीले तालिममा आफूले बुझेको र सिकेको कुराको बारेमा धारण राख्नुभएको थियो । उहाँहरुले “प्रविधिमैत्री तालिमहरूले शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक, प्रभावकारी र प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने“ बताउनुभएको थियो ।
तालिममा सहभागी एक शिक्षकले तालिमको सम्पूर्ण सिकाइएको कुरा राम्रो भएपनि सौद्धान्तसँगै अभ्यासत्मक कुरालाई समेट्न आवश्यक रहेको बताउनुभयो । तालिममा एआइको प्रयोगगर्दा जति सहज तरिकाले आफूलाई आवश्यक परेको कुराहरु भेटिएपनि आफूरुले प्रयोग गर्दा सबै सहजै रुपमा नभेटिने बताउनुभयो । तालिमका प्रमुख अतिथि सुदिप गिरीले आफ्नो एआई आजको शिक्षण प्रणालीको अभिन्न अङ्ग बन्दै गएको बताउनुभयो । उहाँले शिक्षकहरूले प्रविधिसँग जोडेर विद्यार्थीलाई व्यवहारिक र प्रविधिमैत्री शिक्षा प्रदान गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँका अनुसार यस्ता तालिमहरूले शिक्षकहरूको क्षमता अभिवृद्धि गरी गुणस्तरीय शिक्षामा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । तालिममा प्रशिक्षक श्रवण कुमार श्रेष्ठ र आइटी रिसर्चकर्ता नवीन गन्ताङ लामाले एआईको आधारभूत अवधारणा, शिक्षणमा यसको प्रयोग तथा भविष्यका सम्भावनाहरूका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा भुटनदेवि एल्मुनाई एसोसिएसनका अध्यक्ष तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष विष्णुगोपाल महर्जन, भुटनदेवि माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे, सहप्राध्यापक बेदराज कोइरालाको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। भुटनदेवी एल्मुनाई एसोसिएसन र रियल युनिक कम्प्युटर सेन्टर हेटौंडाको सौजन्यमा भएको तालिममा सहभागी शिक्षकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
















प्रतिक्रिया दिनुहोस्