हेटौंडा । बागमती प्रदेशमा आउँदो बुधबार सार्वजानिक विदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार एक सुचना प्रकाशन गर्दै बैशाख २४ गते बुधबार सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजानिक विदा दिने निर्णय गरेको छ ।

बागमती प्रदेश राजपत्रको खण्ड ८० संख्या ३२ प्रदेश राजपत्र भाग ३ अनुसार गत वर्षको चैत्र २१ गते प्रकाशित सूचना बमोजिम सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको छ ।