नेपाल बार एसोसिएसनको २६ औं अधिवेशनबाट नयाँ केन्द्रीय समिति चयनका लागि आठ जनाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष चयनमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे र प्रतिपक्षीबाट उम्मेदवारी दिनुभएका वरिष्ठ अधिवक्ता विश्वमणि अधिकारीबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

अध्यक्ष पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका मध्ये वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेगो, पृथ्वीनाथ राई समेत रहनुभएको छ ।

त्यसैगरी सातै प्रदेशमा एक जना उपाध्यक्षका लागि पनि उम्मेदवारी दर्ता भएको छ । यी मध्ये प्रदेश एक उपाध्यक्षका लागि रोहित कुमार डाँगी, सुरज खत्री, मधेस प्रदेश उपाध्यक्षका लागि केशवप्रसाद दास, सुधिर कुमार कर्ण, वागमती प्रदेश उपाध्यक्षका लागि राजेन्द्र शर्मा, डिल्लिराम मैनाली, गणेश गिरी, हर्कबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

यता, गण्डकी प्रदेश उपाध्यक्षका लागि भुपेन्द्र खनाल, वीरेन्द्र केसी, लुम्विनी प्रदेश उपाध्यक्षका लागि वासुुदेव ज्ञवाली, पशुपति भण्डारी, महेन्द्र प्रसाद पाण्डेय, कर्णाली प्रदेश उपाध्यक्षका लागि विष्णुप्रसाद तिमिल्सिना, उत्तम प्रसाद आचार्य, सुदुरपश्चिम प्रदेश उपाध्यक्षका लागि चंख बहादुर साउद, तुलाराम गिरी र महिला उपाध्यक्षका लागि रमा श्रेष्ठ, शान्ता पन्त, आशा राई, सानु शाक्यले उम्मेदवारी दर्ता गराएका छन् ।

यता, एक जना महासचिव पदका लागि राधेश्याम सुवाल, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, वीरेन्द्र कुमार ठाकुर, उमेश प्रसाद, अन्जिता खनाल, इन्द्र बहादुर अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । कोषाध्यक्ष पदका लागि जगतबहादुर कार्की, गोविन्द उपाध्याय र भरतबहादुर राउतले उम्मेदवारी दर्ता गराएका छन् भने १४ जना सदस्यका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन अधिकृत सानुभाई शाक्यले जानकारी दिनुभयो । बारले देशभरका ३५ वटा मतदान केन्द्रबाट निर्वाचन गरी २०७८ चैत १९ गते नयाँ कार्यसमिति गयन गर्ने शाक्यले जानकारी दिनुभयो । वारको निर्वाचन प्रकृया फागुन १० गते देखि शुरु भएको हो