बागमती प्रदेशका ओमरकार सिंहलले प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा पुरुष ब्यक्तिगततर्फ दुई स्वर्ण पदक जित्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा ओमकारले आइतबार सावर र ईपीतर्फ स्वर्ण जित्नुभएको हो ।

सावरमा सिंहले बागमतीकै पायष योञ्जनलाई १५–१४ अंकले हराउनुभयो । एपीएफका राजेन्द्र गजुरेल र खिम खत्री तेस्रो हुनुभयो । प्रतियोगिताको ईपीतर्फ ओमकारले नेपाली सेनाका जंग गिरीलाई १०–९ अंकले हराउँदै स्वर्ण जित्नुभएको हो । सेनका मिन कार्की र बागमतीका भिष्मराज (तार्जन) दाहालले कांस्य जित्नुभयो ।

यसैगरी पुरुषकै फ्वाईलतर्फ नेपाली सेनाका जलेन्द्र शाहीले बाजी मार्नुभयो । उहाँले आफ्नै विभागका राजन खड्कालाई १५–६ अंकले हराउनुभयो । एपीएफका शेर ऐर र सेनाका नरेन्द्र धामी तेस्रो हुनुभयो । सोमबारसम्म चल्ने प्रतियोगिातमा सावर ईपी, फ्वाईल गरी तीन स्पर्धामा एक १४ खेलाडीले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो