हेटौंडा । हेटौंडा-११,थानाभर्‍याङस्थित प्रदेश कृषि तथा थोक बजारमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर-१ को निर्वाचनका मुख्य निर्वाचन अधिकृतको र मकवानपुर क्षेत्र नम्बर-२ को निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो ।

प्रतिनिधि सभ सदस्य पदका लागि हुने निर्वाचन कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर-१ र मकवानपुर क्षेत्र नम्बर-२ बाट ३ लाख १५ हजार जनाले मतदान गर्ने कार्यालयले जानकारी दिएको छ ।  क्षेत्र नम्बर १ बाट १ लाख ५८ हजार ४३५ जनाले मतदान गर्नेछन् भने क्षेत्र नम्बर-२ बाट १ लाख ५६ हजार ८ सय ९९ मतदान गर्नेछन्  । मकवानपुरमा १ सय ६७ मतदान स्थल रहेको छ भने ३ सय ७४ मतदान केन्द्र रहेको रहेको छ ।

कार्यालय स्थापना कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, मकवानपुरका मुख्य निर्वाचन अधिकृत न्यायधिश गीता श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामा लगायतको आतिथ्य रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी