हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट ३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । मङ्गलबार मनोनयनको उम्मेद्वारी दर्ता कार्यक्रम अन्तर्गत प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले मकवानपुर क्षेत्र नम्बर-१ बाट र एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले मकवानपुर क्षेत्र नम्बर-२ बाट दर्ता गराएका छन् ।

यस्तै, समानुपातिकमा क्षेत्र नम्बर-२ बाट एमालेकै मेमबर लो ले उम्मेद्वारी दर्ता गराएका छन् । हर्क साम्पाङ नेतृत्वको पार्टी श्रम संस्कृति पार्टीबाट मकवानपुर क्षेत्र-१ बाट विद्या श्रेष्ठ र मकवानपुर क्षेत्र नम्वर-२ युनेश लामा तामाङको उम्मेद्वारी दर्ता भएको छ ।

विद्या श्रेष्ठले कुलमान घिसिङको उज्यालो नेपाल पार्टी त्यागेर श्रम सस्कृतिबाट उम्मेद्वारी दर्ता गराएकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर क्षेत्र नम्बर-१ बाट प्रकाश गौतम र मकवानपुर क्षेत्र नम्बर-२ बाट प्रशान्त उप्रेतीको उम्मेद्वारी परेको छ । मङ्गोल नेशनल अर्गनाइजेश पार्टीबाट मकवानपुर क्षेत्र नम्बर-१ मा युवराज तामाङ्को उम्मेद्वारी परेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी