मकवानपुरे साहित्यकार पुरुषोत्तम आचार्यको नेपाली गिती कोसेली म्युजिक भिडियो ‘घाम त झुल्कियो डाँडामा’ सार्वजननिक गरिएको छ ।

हेटौंडामा उन्मुक्त पुस्ता साहित्यमा शव्दले मिठास भर्न सक्ने, छन्दमा समेत गायन कला भएका आचार्यको ‘घाम त झुल्कियो डाँडामा’ आइताबार एक समारोह विच सार्वजननिक गरिएको हो ।

देशको अवस्था, तल्लोवर्गमा पर्ने पिडा, अनि सामन्तीहरुले गरेको शोषण, गरिबीको कष्ट लगायत क्रान्तिकारी धारमा कलम चलाउँदै आएका आचार्यको एकल गायन साँझ कार्यक्रमको आयोजना सहित सार्वजनिक गरिएको हो ।

पि.एम.सेन्टरको संगित संयोजन र शव्द, स्वर र संगित आचार्यकै रहेको गिती कोशेली फाल्गुन १ गतेका दिन सशस्त्र जनयुद्ध दिवसको अवसर पारेर भिडियो सार्वजनिक गरेसंगै उनको गयनको तारिफ गरिएको थियो ।

हामी त भयौं दुखिया, बाटो फेर्न हिँडेको साइँला, यो बिहान तिम्रै हो र जाग जाग जाग जाग जस्ता निकै मिठा गितहरु प्रस्तुत गरेका छन् ।

सुदर्शन फउन्डेसन, सर्जक सन्जाल, जागरण मिडिया र एन . एस टेलिभिजनको सहयोगमा गरिएको कार्यक्रमका विच ‘घाम त झुल्कियो डाँडामा’माथि त्रि.बि प्रोफेसर डा.तारालाल श्रेष्ठले सामाजिक कोणबाट ,गायिका शुसिला मानन्धरले गितको सांगीतिक कोणबाट टिप्पणी सहित निकै प्रसंसा गरेका थिए ।

मिना श्रेष्ठ प्रोडोक्सन म्यानेजर रहेको गितमा बाबु थिङ्गको निर्देशन मिलन श्रेष्ठको छायङ्कन सुन्दर लामाको मिक्सिङ्ग, र महेन्द्र ओझाको सम्पादन रहेको भिडियोमा आइपी आचार्य, लेखत लुइटेल र बालकलाकार अपुर्व आचार्यको अभिनय रहेको छ ।