Rato Samachar
Sun, 4 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

पत्रकार समाजप्रति संवेदनशील र उत्तरदायी बन्नुपर्छ : अध्यक्ष झा

  • राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले पत्रकार समाजप्रति संवेदनशील र उत्तरदायी बन्नुपर्ने बताउनुभएको छ । ख्वप कलेज देकोचा भक्तपुरको निमन्त्रणमा आज गेष्ट लेक्चर (आगन्तुक प्राध्यापक)का रूपमा आउनुभएका झाले कलेजका स्नातक तह पहिलो वर्षका पत्रकारिताका विद्यार्थीलाई पत्रकारिता समाज परिवर्तनको संवाहक भएकाले पत्रकार समाजप्रति संवेदनशील र उत्तरदायी बन्नुपर्ने बताउनुभएको हो । “पत्रकारिताले समाजलाई डोहोे¥याउने भएकाले यो पेसा असाध्यै संवेदनशील पेसा हो”, उहाँले भन्नुभयो, “पत्रकारले सधैँ समाज र पेसाप्रति संवेदनशील र उत्तरादायी बन्नुपर्छ ।” उहाँले मिसनबाट सुरु भएको पत्रकारिताले अहिले व्यावसायिक रूप लिएकाले यसको भविष्य पनि राम्रो रहेको अनुभव सुनाउनुभयो । सूचना (समाचार) मा शक्ति हुने हुनाले यो सत्यतथ्यमा आधारित हुनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो । “गतल समाचारले समाजलाई नै प्रदूषित पार्ने भएकाले सत्यतथ्यमा आधारित समाचारमा विशेष चनाखो हुनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले समाचारका लागि सूचना सङ्कलन गर्दा सत्यतथ्यमा विशेष चनाखो हुनुपर्ने औँल्याउँदै पत्रकारितामा नयाँ पुस्ता आउन जरुरी रहेको बताउनुभयो । उहाँले नयाँ पुस्ताले पत्रकारिता क्षेत्रमा नयाँ आयाम थप्न सक्नुपर्नेमा समेत जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षसमेत रहेका झाले थ्री आईअर्थात् इन्फरमेशन (सूचना), इमेज (व्यक्तित्व) र इनकम (आम्दानी)बीच सम्बन्ध रहने जनाउनुभयो । “जोसँग सूचना छ, उसको इमेज समाजमा राम्रो हुने र उसको इनकम पनि राम्रो हुन्छ”, उहाँले भन्नुभयो । समाजमा सूचना पहिला पाउनेमध्ये पत्रकार पनि रहेको भन्दै उहाँले सूचनाले मानिसलाई प्रगतितर्फ लाने भएकाले पनि पत्रकारिताको महत्व रहेको बताउनुभयो । कलेजका पत्रकारिता विषयमा सहप्राध्यापक कृष्ण किसीले पत्रकारिताको आधार नै अभ्यास भएकाले विद्यार्थीलाई प्रत्येक शुक्रबार अभ्यास गराउने गरिएको जानकारी दिनुभयो । कहिले आगन्तुक प्राध्यापक (गेष्ट लेक्चर), कहिले मिडिया भिजिट, कहिले फिल्ड रिपोर्टिङलगायतका अभ्यासमा विद्यार्थीलाई सहभागी गराउँदै आएको उहाँले बताउनुभयो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology