हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित कमानेमा टोल स्तरिय फुटबल खेल प्रतियोगिता हुने भएको छ ।

न्यु देवनगर नेवाः युवा क्लबको आयोजनामा आउदो फागुन ७ गते फुटबल खेल प्रतियोगिता हुने भएको क्लबका सचिव मदन देउलाले बताए ।

क्लबको तर्फबाट केही गरौँ भन्ने सोच सहित खेल प्रतियोगित गर्न लागिएको अध्यक्ष अध्यक्ष रामकृष्ण देउला ‘काशी’ ले बताए ।
लगभग सवा २ लाखको लागत लाग्ने अनुमान गरिएको र प्रतियोगितमा सहभागीमा प्रथम हुने समुहलाई नगद ३0हजार शिल्ड र प्रमाणपत्र दोस्रो हुने समुहले नगद १५ हजार शिल्ड र प्रमाणपत्र प्रदान गरिने ‘काशी’ ले बताए ।

लागतका लागि संघसस्था, बिभिन्न व्यक्तीहरुको सहयोगमा आयोजन गर्न लागिएको खेलकालागि हेटौँडा उपमहानगरपालिबाट ३ ५ हजार सहयोग प्रप्त भएको बताए ।

स्वास्थ्यका लागि खेल महत्वपुर्ण भएकाले टोलका फुटकल खेलप्रेमीहरुको लागि आयोजना गर्न लागिएको फुटबल प्रतियोगितामा भाग लिन फगुन ५ गतेसम्म समुह दर्ता गर्न सकिने ‘काशी’ ले बताए ।

समुह दर्ताकालागि ३ हजार रुपैया सुल्क निर्धारन गरिएको बताउदै खेलमा सहभागीता जनाउन अनुरोध गरेका छन् ।
उनले बताए अनुसार फागुन ७ गते न्यु देवनगरको चौरमा उद्घाटन गरि खेल सुरु हुने छ ।