रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिकामा काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी नेवि संघ हेटौडा क्याम्पस इकाइ कमिटीले त्रिभुवन विश्वविद्यालयको लापरवाही र अनियमितता विरुद्ध भन्दै विरोध र्‍याली निकालेको छ ।

वडा नं ४ स्थित हेटौंडा क्यामपसको परिसरबाट क्याम्पसका इकाइ अध्यक्ष युवराज विश्वकर्माको नेतृत्वमा सुरु भएको विरोध र्यालीमा दुुइ सय जना भन्दा बढी विद्यार्थीहरुको  उपस्थिती रहेको थियो ।

त्रिभुवन विश्वविद्यालयले गरेको लापरवाहीका कारणल असंख्य विद्यार्थीहरुले विभिन्न किसिमको मानसिक यातना देखि लिएर आत्माहत्या सम्म र रोजगारी खोजीमा विदेशिन बाध्य भएको भन्दै सो निराशाजनक परिस्थितीको विरुद्धमा आवाज उठाएर युवाहरुको भविष्य आफ्नै देशमा सुनिश्चित गराउने उदेश्यले आन्दोलन गरेको क्यामपसका इकाइ अध्यक्ष विश्वकर्माले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय सुधार हुुनको लागि हरेक क्यामपसको आन्तरीक प्रशासन प्रणाली सुधार हुनुुपर्ने भन्दै देशको समग्र शैक्षिक प्रणाली सुधारका निम्त्ति आफु लडेको र शैक्षिक प्रणाली सुधार नभएको खण्डमा चरणबद्ध आन्दोलनमा गएर उग्र रुपमा प्रस्तुत हुन समेत आफुहरु पछि नपर्ने उनको भनाइ छ ।

त्यसै गरी क्याम्पसमा हिजोका दिन देखि आजसम्म देखिएका र आगामी दिनहरुमा पनि देखा पर्न सक्ने समस्याको समाधान र क्याम्पसको समग्र शैक्षीक विकासका लागी सग्दो सहयोग पुगोस भनेर आफ्नो तर्फबाट बुलन्द तरीकाले पहल कदम चलाउने उनले बताएका छन् ।

नेवि संघ मकवानपुरका कार्यवहाक अध्यक्ष सन्तोष चौलागाईले देश परिवर्तनको हरेक आन्दोलनमा सबैभन्दा ठुलो भुमीका विद्यार्थीहरुको रहेको भन्दै आन्दोलनमा सहभागी विद्यार्थीहरुको एकता देखेर आफुलाई थप हौसला मिलेको बताउँदै निराशाजनक परिस्थीतीबाट पार गराई विद्यार्थीहरुको जिवनमा आशाको दियो बाल्न आफु सँधै तत्पर रहने बताए ।

आन्दोलनमा विद्यार्थीहरुले टियुसँग गरेको माग पुरा भएन भने आन्दोलन जिल्ला व्यापी रुपमा नेवि संघ मकवानपुरले गर्ने जानकारी दिँदै टियुको नतिजामा ढिला सुस्ती हुनुु नेवि संघ या कुनै अन्य भातृ संगठनको र विद्यार्थीहरुको मात्रै समस्या नभएर क्यापसको पनि समस्या भएको त्यसैले यसमा क्यामपसले पनि विद्यार्थीलाई समर्थन गर्नुपर्ने उनको भनाइ छ ।

विरोध र्याली स्कुल रोड, सिमाचोक, बुद्धचोक, पल्पसा रोड, कांग्रेस चोक, मानस चोक,, मनकामना चोक, सानोपोखरा चोक, लगायत उपमहानगरपालिकाको विभिन्न क्षेत्र परिक्रमा गरी हुप्राचौर हुँदै पुन हेटौडा क्याम्पसमा फर्किएर सकिएको हो ।

त्यसपछि विश्वकर्मा सहितको टोलीले हेटौंडा क्यामपसका क्यामपस प्रमुख देवीराम लामालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

स्ववियूले आफ्नो एक वर्षिय कार्यकाल नाघिसक्दा सम्पूर्ण आम्दानी, खर्च विवरण, कार्यप्रगति र आगामी कार्ययोजना सार्वजनिक गरोस् भन्ने अपेक्षा क्याम्पसका सबै विद्यार्थी र आफ्नो सङ्गठनले राखेको तर स्ववियूले कुनै कुराको पारदर्शिता नदेखाएको र कार्ययोजना सार्वजनिक नगरेको कारण ध्यानाकर्षण गराइएको हो ।

त्यसकासाथै क्याम्पस प्रशासनले पनि आफ्नो कार्यविधिमा विभिन्न लापरवाही गरेको र विद्यार्थीहरुको गुनासो तथा समस्यालाई नजरअन्दाज गरी पटक–पटक ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेको कुराले आफुहरुलाई अझ बढी निराश बनाएको जनाएको हो ।

ध्यानाकार्षण पत्रमा निम्न्न मागहरु उल्लेख गरिएको छ

१ स्ववियूको आम्दानी, खर्च एवम् खर्चका शीर्षकहरु सार्वजनिक गरियोस् ।

२ स्ववियूको १ वर्षे कार्य प्रगति सार्वजनिक गरियोस् ।

३ स्ववियूको भावी कार्ययोजना सार्वजनिक गरियोस् ।

४ क्याम्पसको आइ क्यू ए सी को मिटिङ सङ्ख्या र तिनका निर्णयहरु र यसको भावी योजनाहरु सार्वजनिक गरियोस् ।

५ स्ववियू भित्रका सबै खाले गतिविधिको निरीक्षण एवम् अनुगमन गर्नका लागि उच्च स्तरीय छानबिन समति गठन गरियोस् ।

६ विद्यार्थीले प्राप्त गर्नुपर्ने स्कुलरसिपमा देखिएका अनियमितताको विषयमा लिखित स्पष्टिकरण सार्वजनिक गरियोस् ।

७ आन्तरिक परीक्षामा कापी हराएको, नतिजा समयमा सार्वजनिक नभएको लगायतका लापरवाहीको विषयमा स्पष्टीकरण दिई तत्काल बाँकी रहेका नतिजा सार्वजनिक गरियोस् ।

पत्रमा उल्लेखित मागहरु एक हप्ताभित्र पूरा नगरे आफ्नो सङ्गठनले चरणवद्ध आन्दोलनको घोषणा गर्न बाध्य हुने अध्यक्ष विश्वकर्माले बताए ।