हेटौंडा / नेवा देय् दबु हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा प्रतिमा श्रेष्ठ चयन भएकी छन् ।

हेटौंडा उपमहानगर समितिमा अध्यक्ष श्रेष्ठ सहितको समितिमा १९ सदस्यीय चयन गरिएको छ ।

समितिमा उपाध्यक्षमा संग्राम श्रेष्ठ, सचिवमा मनिषमान श्रेष्ठ, कोषाध्यक्षमा शिव श्रेष्ठलाई चयन गरिएको हो ।

त्यस्तैगरि सदस्यमा मनिषमान श्रेष्ठ, कृष्णलाल श्रेष्ठ, गंगाकुमारी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, जनरल श्रेष्ठ, सागर बलामी, गायत्री श्रेष्ठ, सुदीप श्रेष्ठ, गमला राजभण्डारी, सृष्टी गोर्खाली, दिलकुमार श्रेष्ठ र गोपाल श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।

शुक्रबारकै भेलाले बागमती प्रदेश अधिवेशनमा सहभागी हुन प्रतिमा श्रेष्ठ, शिवकुमार श्रेष्ठ, गोपाल श्रेष्ठ, सुदीप श्रेष्ठ र दिलकुमार श्रेष्ठलाई प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ ।उपमहानगरका १९ वटै वटाबाट प्रतिनिधिमा सहभागिता रहने गरी नगर अधिवेशन गरिने नवनिर्वाचित अध्यक्ष प्रतिमा श्रेष्ठले बताईन् ।