रोशन दिप – नेपाल स्काउट बागमती प्रदेशको आयोजनामा भएको ‘युथ फोरम २०२३’ र ‘स्काउट पिस एण्ड सेक्युरिटी तथा युथ फोरम ५ दिने तालिम कार्यक्रम मंगलबार हेटौडामा समापन भएको छ ।

नेपाल स्काउट बागमती प्रदेश संयोजक शिवराम अर्यालको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा स्काउटका केन्द्रिय संयोजक लोकबहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

फिण्डल्याण्ड नेपाल साझेदारी परियोजना अन्र्तगत दुुइ दिन संचालन भएको शान्ति र सुरक्षा तालिम कार्यक्रममा प्रोजेक्ट अफिसर प्रकृति उप्रेतीले सहजीकरण गर्नु भएको थियो ।

विश्व स्काउटको युुवा सहभागीतको विषयलाई लिएर बागमती प्रदेश स्तरीय युथ फोरम २०८० सम्पन्न भएको छ । नेपाल स्काउटका राष्ट्रिय निर्देशक राम भट्टराईले विश्व स्काउट युवा कार्यक्रम, युवाका सवाल र युथ फोरमको अवधारणा बारे सहजीकरण गर्नु भएको थियो ।

यवाको सहभागीता , नीति निर्माण र यवाका विकाशका सवालमा कार्यक्रमहरु निर्माण गर्नको लागि नेपाल स्काउटले बागमती प्रदेशको युुथ फोरम गठन गर्नको लागि १३ वटै जिल्लाबाट आएका विभिन्न स्काउट क्रियुबाट आएका युवा सहभागीहरुको नयाँ कार्यसमिति पनि चयन गरिएको थियो ।

भावना शाहको संयोजकत्वमा सौरब न्यौपाने, सम्भव कोइराला, रेजिना ढकाल, गोविन्द पराजुुली, प्रेमन ढकाल, आयुुष गिरी, प्रसन्न खनाल, सलिना श्रेष्ठ, दिक्षा दाहाल, र्शैलजा अधिकारी रहेको ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

नव निर्वाचित सदस्यहरुलाई बागमती प्रदेश युुथ फोरम कार्यक्रमका निर्वाचन अधिकृत अशोक सारु मगरले प्रमाण पत्र वितरण गर्नुभएको थियो । सोहि कार्यक्रममा राष्ट्रिय युवा मञ्चको सहभागिताको लागि पनि १२ जना सदस्यहरु चयन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउट राष्ट्रिय संयोजक लोक बहादुुर भण्डारीले युुवाहरु अब स्काउटका हरेक तहहरुमा नेतृत्व लिनको लागि तयार रहनुपर्ने र गफ गरेर भन्दा काम गरेका कारणले अन्तराष्ट्रिय स्तरमा नै नेपाल स्काउटले उच्च छवि बनाउन सफल भएको बताउनु भयो ।

कार्यक्रममा नेपाल स्काउटका केन्द्रिय समिति सदस्य विजेन्द्रलाल धोजु, स्काउट बागमती प्रदेश सदस्य अशोक सारु मगर, महेन्द्र राना, मकवानपुर जिल्ला पूर्व आयुक्त बेली थापा, पूर्व जिल्ला समन्वय आयुक्त ध्रुव विष्ट लगायतको आतिथ्यता रहेको थियो ।