नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदान कीर्तिपुरमा एकदिवसीय र त्रिदेशीय टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सिरिज खेल्ने तालिका सार्वजनिक गरेको हो ।

नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग मार्चमा एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्नेछ । नेपालले पीएनजीसँग मार्चमा मार्च २५ र २६ दुई खेलको एकदिवसीय सिरिज खेल्ने पक्का भएको हो ।यसैगरी नेपालले टियु मैदान कीर्तिपुरमै पीएनजी र मलेसियासँग त्रिदेशीय टी–२० सिरिज खेल्नेछ । क्यानका अनुसार त्रिदेशीय सिरिज मार्च २८ देखि अप्रिल ४ तारिखसम्म हुनेछ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो