रोशन दिप – दुर्गा प्रसाईंले काठमाडौंको बल्खु चक्रपथमा सम्बोधन गरे पश्चात उनका प्रदर्शनरत समूहले प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरी र उनीहरुबिच बीच झडप भएको छ ।

प्रसाईंकै समुहका एक व्यक्तिले मञ्चबाटै निषेधित गरिएको क्षेत्र तोडेर त्रिपुरेश्वर जाने घोषणा गरे त्यसपछि उनीहरुको समूह बल्खुचोकबाट कालीमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अगाडी बढ्न थाले जसकारण प्रहरीले बल प्रयोग गरेको हो ।

प्रहरी बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् भने प्रहरीले उनीहरुलाई रोक्नका लागी अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।